कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका वडा कार्यालय भवन सुविधा सम्पन्न आधुनिक बनिरहेका छन । कुल १९ वडा रहेको भीमदत्त नगरपालिकामा अधिकाँस वडा कार्यालय भवन आधुनिक सुविधा सम्पन्न बनिरहेका छन । केही निर्माण कार्य अन्तिम चरणमा छन । भने केही निर्माण भएर उद्घाटन भएका छन । केही निर्माणकै चरणमा छन ।
सोमबार भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

नगरपालिका कार्यालय भन्दा दक्षिण झण्डै ५ सय मिटरमा कटानमा १८ नम्बर वडा कार्यालय भवन निर्माण भएको हो । सिहदरबारकै जस्तो झल्को दिने आकर्षक चिटिक्क भवन झण्डै डेढ करोडमा निर्माण भएको छ । एमके निरज कम्पनीले १ करोड ६० लाख, २२ हजार ९ सय ९६ रुपैयामा निर्माण गरेको बुझिन्छ । सदस्य सहितका वडाध्यक्षका लागि छुट्टाछुट्टै कार्यकक्ष, हल सहित कार्यालय निर्माण गरिएको छ । भवनको उद्घाटन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आधुनिक भवनबाट जनतालाई घरगाँउ बस्तीबाटै सेवा प्रदान गरिने घोषणा गर्नुभयो ।

मेयर विष्टले नगरका सबै वडाहरुमा आधुनिक भवन निर्माण गरेर जनतालाई स्तरिय सेवा दिने बताए । यसैविच मेयर विष्टले मदन भण्डारी मेमोरियल सामुदायिक भवनको शिलान्यास र खुला जिम हाउसको समेत फाईल बुझेका छन ।
भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष राजेन्द्र पाण्डेले जस्तो भवन उस्तै सेवा दिने बताउदै, यस अघि भाडामा संचालनमा रहेको भवन आफ्नै निर्माण भएपछि जनताको सम्पत्ती थपिएको बताए । भीनपा १८ का वडा सदस्य नारद सुनारको स्वागत मन्तव्य राखे । वडा सचिव नरेन्द्र देव भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधी लगायत वडाबासीको सहभागिता रहेको थियो । भीनपा १८को आफ्नै भवन भवन भएपछि दैनिक कामकाज सेवा एव प्रशासन चुस्त दुरुस्त हुने नागरिकको अपेक्षा छ ।

