मुख्यमन्त्री भट्टद्वारा गौराको शुभकामना

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले गौरा पर्वको शुभकामना दिएका छन । सोमबार मुख्यमन्त्री भट्टले एक प्रेस विज्ञप्ती जारी गर्दै गौरा पर्वको शुभकामनामा दिएका हुन ।

‘परापुर्वकालदेखि मनाउँदै आएको गौरा पर्व यस प्रदेशको बिशिष्ठ पहिचान हो, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सदियौँदेखि मनाउँदै आएको यो पर्वले आफ्नो मौलिकता कायम राख्न समेत सफल भएको छ ।’ कोरोना महामारी अवस्था मध्य नजर गर्दै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्व मनाउन अपिल गरिएको छ ।

ताजा समाचार