जन्माष्टमी शुभ अवसरमा सशस्त्र प्रहरीद्वारा दोधारा चाँदनीमा मन्दिर सरसफाई


दोधारा : कृष्ण जन्माष्टमी शुभ अवसरमा सशस्त्र प्रहरीद्वारा दोधारा चाँदनीमा मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान मन्दिर, वडा नं. ९ को पुर्णागिरी मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) ले स्थाीनयहरु संग सहकार्य गरि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) का सई दान सिंह बिष्टले जानकारी दिएका छन् ।

No description available.

चाडपवर्कको अवसरमा सशस्त्र प्रहरी कार्यालयको निर्देशन अनुसार आफ्नो क्षेत्रमा रहेको सार्वजनिक स्थानमा सरसफाई गरिएको सशस्त्रका सई बिष्टले बताएका छन् । यस्तै आजै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराको कमाण्डमा देबिस्थानमा रहेको मन्दिर हातामा सरसफाई गरिएको छ् । आज बिहान देबिस्थान मन्दिर क्षेत्रमा सशस्त्र प्रहरीको एक टोलीले सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरी निरिक्षक कृष्ण बोहराले बताएका छन् ।

 


ताजा समाचार

spot_img