बदला लिनमा के मजा छ र…

एकचोटि सङ्ख्या ९ ले ८ लाइ थप्पड़ हान्यो
बिचरा ८ रुन लाग्यो…
सोध्यो, मलाई किन हिर्काको ?
९ ले भन्यो…
म ठूलो हुँ,त्यसैले तँलाई हिर्काएको हो ।
यो सुन्ने बित्तिकै ८ ले ७ लाई बजायो
अनि ९ वालाकै कुरा भन्यो म ठूलो हुँ।
७ ले ६ लाई बजायो
६ ले ५ लाई बजायो
अनि
५ ले ४ लाई
४ ले ३ लाई
३ ले २ लाई
२ ले १ लाई
अब १ ले कसलाई हानोस्
जब कि १ को मुनि त ० थियो
१ ले ० लाई पिटेन
बरु उसलाई प्रेमसङ्ग उठायो
अनि आफ्नो छेउमै बसायो
जसरी छेउमा बसायो…
उसको शक्ति १० भईदियो..!
अब ९ को हालत खराब भयो …।
…………………………………………..
जिन्दगीमा कसैको साथ नै धेरै हुन्छ,
काँध माथि कसैको हात नै प्रसस्त हुन्छ,
टाढा होस् या नजिक…के फरक पर्छ र!
‘अनमोल नाता’ को त बस् ‘अनुभुति’ नै मनग्गे हुन्छ!
कसैकोे बाध्यता माथि नहाँसी दिनुहोला,
कसैले बाध्यतालाई किनेर ल्याएको हुँदैन..!
समयको चक्रसङ्ग डराउनुहोला,
नराम्रो समय कसैलाई सोधेर आउँदैन..!
बुद्धि जतिसुकै तेज ह़ोस्,
बिना परिश्रम सफल हुँदैन..
बीरबल बद्धिमानी हुनुको बावजूद पनि,
कहिल्यै राजा बन्न सकेन…!
नाता सम्बन्ध पैसाको हैन, किनकि कुनै सम्बन्धले मुनाफा दिदैन तर जिवन सम्पन्न बनाईदिन्छ…!
तपाईसङ्ग मारुति होस् या पजेरो – सड़क त उहि हुन्छ..!
तपाईं टाइटन लगाउनोस् या रोलेक्स – समय उहि हुन्छ..!
तपाईसङ्ग मोबाइल एप्पल होस् या सामसुङ –
तपाईलाई फोन गर्ने ब्यक्ति फेरिने छैन..!
तपाई इकोनोमी क्लासमा यात्रा गर्नोस् या बिज़नेस मा –
समय त त्यति नै हुन्छ..!
कमाई थोरै होस् वा धेरै तर चामलको भात त सबैको घरमा लगभग उस्तै नै हो..!
बदला लिनमा के मजा छ र…
मजा त तब आउँछ जब आफ्नो परिश्रमले सफलता प्राप्त हुन्छ।
भुपि सरोवर
सिगास ०३ बैतडी
हाल : काठमाडौं

ताजा समाचार

spot_img