लालझाडी युवा क्लब खेलकुद क्षेत्रमा फड्को मार्दै

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा द्धारा फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन


कञ्चनपुर, जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लालझाडी युवा क्लबले खेलकुद क्षेत्रमा एकाएक फड्को मार्न सफल भएको छ। May be an image of 2 people, people standing and grassखेलकुद क्षेत्रमा स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले पुनर्वासमा ६ महिना निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच सनिवार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु भएको हो।No description available.एउटा ग्रामीण क्षेत्रमै नमुना फुटबल एकेडेमीका रूपमा स्थापना गर्दै क्लबले त्यसको अनुमतिका लागि एन्फा का अध्यक्ष शेर्पालाई ज्ञापन पत्र समेत बुझाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले शिक्षा र खेलकुदलाई एकसाथ अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो। May be an image of 5 people, people standing and indoorउनले कोरोना भाइरस कोभिड- १९ को महामारीको कारण थला परेको खेलकुद गतिविधिलाई चलायमान बनाउन सरकारसँग अनुरोध गरे । खोप लगाएरै भएपनि खेलकुदका कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने बताउनु भयो।No description available.
त्यस्तै, उद्धघाटन कार्यक्रममै पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले नगरपालिकाबाट खेलकुद प्रशिक्षणका लागि गर्न सकिने सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्ताव लैजाने र नगर क्षेत्र भित्रका खेलाडीहरूको स्तरोन्नतिका लागि पुनर्वास नगरपालिकाले समेत नीति र योजनामै समावेश गरेको बताईन् ।May be an image of 5 people, people sitting and people standingNo description available.लालझाडी युवा क्लब ११ को आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । क्लबको खेल मैदानमा अबदेखि निरन्तर नि:शुल्क फुटबल प्रशिक्षण गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म फुटबल खेल्न सक्ने क्षमतावान खेलाडी तयार गर्ने योजनाका साथ क्लबले फुटबल प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको अध्यक्ष बोहराले बताउनु भयो।
No description available. उनले भने प्रशिक्षकका लागि क्लबले साउँन २६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्रशिक्षक अनुमति प्राप्त धनगढी उपमहानगरपालिका वडा न.१ बस्ने भिष्म बहादुर भाट संग भाद्र १ गते देखि लागू हुने गरि ६ महिनाका लागि करार सम्झौता समेत गरेको बताए।May be an image of text
फुटबल प्रशिक्षणमा १२ वर्ष माथिकालाई मात्रै समावेश गराएको क्लबले जनाएको छ । क्लबले खेलकुदका विभिन्न प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ । फुटबल प्रशिक्षण कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।May be an image of 4 people and people standingMay be an image of 4 people and people standingMay be an image of 3 people and people standingMay be an image of 5 people, people standing and indoorMay be an image of 7 people, including Ganesh Chand, people sitting and people standingMay be an image of 3 people, people standing, people sitting and indoorMay be an image of 6 people and people standingMay be an image of 4 people and people standingMay be an image of 1 person and textMay be an image of 5 people and people standingMay be an image of 3 people and people standingMay be an image of 1 person, standing and grass

ताजा समाचार

spot_img