पर्साः वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित सोही महानगरपालिका-१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तेलीलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

