दोधारा : नेपाल दशनामी समाज दोधारा चाँदनीले आज युवा र महिला समिति गठन गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा गठित नगर स्तरिय नेपाल दशनामी समाजले तेज राज गिरीको संयोजकत्वमा २१ सदस्यीय युवा समिति र कुन्ती देबी गिरीको संयोजकत्वमा २१ सदस्यीय महिला समिति गठन भएको रबि गिरीले जानकारी दिएका छन् । युवा समितिका उपाध्यक्षमा लिलाराम गिरी, सचिवमा शिव भक्त वन, कोषाध्यक्षमा कुम्भ गिरी २१ सदस्यीय युवा समिति गठन गरिएको छ् । यस्तै महिला समितिको उपाध्यक्षमा सिमा पुरी, सचिवमा ज्योती पुरी, कोषाध्यक्षमा चन्द्र देबी गिरी गरि २१ सदस्यीय महिला समिति गठन भएको रबि गिरीले बताएका छन् ।


नेपाल दशनामी समाज दोधारा चाँदनी अन्तर्गत गठित युवा र महिला समितिका पदाधिकारीलाई कार्यकालको शुभकामना समेत दिईएको थियो । नेपाल दशनामी समाज दोधारा चाँदनीका संयोजक मदन राज गिरीको संयोजकत्वमा संचालन भएको भेलामा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी रहेका थिए । नेपालमा अल्प संख्यकको रुपमा चिनिएका दशनामी समाजलाइृे अझै संगठित बनाउदै लग्नु पर्ने बताईएको छ् । दशनामी समाज अन्र्तगत गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, अरण्य, आश्रम र तीर्थ गरि दशवटा जातजाती समावेश रहेको छन् ।







