रेडक्रस उपशाखा पुनर्वासद्वारा बाढी प्रभावित क्षेत्रका स्थानीयलाई चाउचाउ र पानी वितरण

पुनर्वास – शुक्रबार पुनर्वासमा रहेको दोदा नदिमा आएको बाढीले पुनर्वास नगरपालिका-५ सिमरी गाउँ र रातोताल डुबानमा परेको छ । डुबानमा परेपछी उनीहरूको उद्वारमा स्थानीय सरकार,नेपाल रेडक्रस सोसाईटी, दुई सुरक्षा निकाय र स्थानीयहरु दिनभर खटिएका थिए । उद्वार पश्चात् बाढी प्रभावित बनेका स्थानीयहरुलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा पुनर्वासको टिम उल्लेखनिय भुमिका निर्वाह गर्दै राहत सामाग्री लिएर पुगेको थियो ।

उपशाखा टिमले बाढी प्रभावित बनेको पुनर्वास नगरपालिका ५ सिमरी र रातो ताल गाउँमा पुगि बाढीपीडित परिवारलाई तत्काल १२ पेटि चाउचाउ ५ पेटि मिनिरियल पानी उपलब्ध गराएको सचिव रुपेश खरेलले जानकारी दिए । सचिव खरेलले तत्काललाई सामान्य राहत उपलब्ध गराएपनी समस्या जटिल बन्दै गए आवश्यकता अनुसारको सहयोग गर्ने बताए ।

पुनर्वास उपशाखा सभापति युवराज सुयल , सचिव रूपेश खरेल , कोषाध्यक्ष कल्पना श्रेष्ठ , सहसचिव नवीन तिमिल्सिना, सदस्य मित्र सिंह लामा, पुनर्वास नगरपालिका कार्यपालिका सदस्य सकुन्तला क्षेत्री, वडा सदस्य लालबहादुर राना लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

ताजा समाचार