सवारी दुर्घटनामा परी १ जनाको मृत्यु

मकवानपुर : भिमफेदी गाउँपालिका-१ सानुटारस्थित हेटौडा भैँसे सडकमा प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल राप्ती खोलामा खसेर शुक्रबार बिहान दुर्घटना हुँदा आईचर ट्रकमा सवार सिन्धुली लम्पटार बस्ने २९ वर्षीय भोज राज बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका ट्रक चालक र सह-चालकलाई उपचारको लागि हेटौडातर्फ पठाएकोमा सह-चालकलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा समाचार