काठमाडौं : ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभुत बिद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल नष्ट भएको छ ।

कैलाली, चुरे गाउँपालिका(५ काफलगैरा टोलको जमिन भाँसिदा २५ घर परिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४ का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोही गाउँपालिका(७ का जवलपुर, शंकरपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी बिहीबार राति अबिरल बर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरीले आवश्यक समन्वय एवं उद्धारको कार्य गरिरहेको छ ।

नवलपरासी (पश्चिम), तुरिया खोला र झरै खोलामा शुक्रबार बिहान आएको बाढीले परासीबजार लगायतका बस्ति तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् ।रुपन्देही, अविरल वर्षाको कारण शुक्रबार आएको बाढीले तिलोत्तमा नगरपालिका-१४ भुडकेपानिमा ३ वटा घरमा, ओमसतिया गाउँपालिका-१ कोटागाउँमा १ वटा घर, बुटवल उपमहानगरपालिका-१२ सिर्जना टोल बस्ने हरि ढकालको १ वटा घर र कंचन गाउँपालिका–३ स्थित १० वटा घरमा क्षति भएको छ । यस्तै देबदह नगरपालिका(३ बसन्तपुरस्थित तिलोत्तमा नगरपालिका–८ बस्ने अमृत थापाको यसकेसी बाख्रा फर्ममा रोहीणी खोलामा आएको बाढीले डुब्दा ४३ वटा ब्राखा डुबी मरेका छन् ।

कञ्चनपुर, अबिरल बर्षाका कारण कृष्णपुर नगरपालिका–५ पवित्राबस्तिस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसैगरी सोही नगरपालिका–५बेलकुण्डि सिविरस्थित मछलि नदीमा आएको बाढीले १२ घर डुवान परेका छन् भने सोही नगरपालिका(२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा ईटा उद्योगको ५ लाख ४० हजार रुपैयाँ बराबरको ४ कट्टा जमिन कटान गरेको छ । साथै सोही नगरपालिका-७ शान्ति टोलमा मोहना नदीमा आएको बाढीले सोही ठाउँ बस्ने महेश बहादुर बिष्टको घरमा पसेर ५० कट्टा सिमेन्ट समेत डुबान परेको छ ।
महोत्तरी, बलवा नगरपालिका–४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९ सय घरहरुमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाको सहयोगमा उद्दार कार्य गरिरहेको छ ।
