पुनर्वासमा बाढीको वितण्डा : सडक अवरुद्ध, बस्ती डुवान

पुनर्वास – कंचनपुरको पुनर्वास-धनगढी सडक खण्डमा पर्ने दोदा नदिमा आएको बाढीले आवतजावत पुर्ण रुपमा अवरुद्ध बनेको छ । शुक्रबार बिहानै देखि दोदा नदिमा आएको बाढिले धनगढी- पुनर्वास-बेलौरी सडक खण्ड अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए । केहिदिन देखि कंचनपुर लगायत देशभर परेको अविरल वर्षाका कारण दोदा नदिमा आएको बाढिले पुनर्वास-५ सिमरी, रातोताल, दशरथबस्ती, उदरी लगायतका क्षेत्र जलमग्न बनेका हुन् ।

No description available.

करिब १३ वर्षको अन्तराल पछि शुक्रबार बिहान ८ बजेतिर दोदा नदिमा आएको बाढिले सडक,खेतीबाली र बस्तीहरुमा ठूलो क्षति पुर्याएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले जानकारी दिए । नगर प्रमुख थापाका अनुसार बाढीले सिमरीका करिब ४० र रातोतालका ३ घर डुवानमा परेपनि बिहान भएका कारण मानवीय क्षति हुन नपाएको बताए । डुवानमा परेका घरपरिवारलाई सुरक्षीत क्षेत्रमा व्यवस्थापन गरिएको पनि नगर प्रमुख थापालेबताए ।

No description available.

बस्तीमा बाढी पसेपछी बिहानै देखि सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली,जनप्रतिनिधि र नेपाल रेडक्रस कंचनपुरको टोली सशक्त रुपमा स्थानीयको उद्वारमा खटिएको थियो । त्यस्तै सो नदिमा आएको बाढीले लालझाडी गाउँपालिका- २ स्थित कछवा गाउका करिब २५ घर पनि डुबानमा परेका छन् । अहिले वर्षा रोकिएसंगै दिउँसो देखि नदिमा पानीको बहाव घट्ने अवस्थामा रहेको स्थानीयहरुले बताए ।

No description available.

No description available.

No description available.

ताजा समाचार