युवा नेता थापा तरुण दलको सुदूरपश्चिम प्रदेश सदस्यमा चयन


महेन्द्रनगर : धनगढीका युवा नेता डवल बहादुर थापा तरुण दलको सुदूरपश्चिम प्रदेश सदस्यमा चयन भएका छन । नेपाली कांग्रेस को १४ औ महाधिवेशन नजिकिदैं जाँदा धनगढी उप–माहानगरपालीका तरुण दलका नगर उपसभापती एवं वडा न.१२ तरुण दलका अध्यक्ष समेत रहेका युवा व्यवसायी एवं युवा नेता डबल बहादुर थापालाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले सुदूरपश्चिम सदस्यमा मनोनयन गरेको हो ।

खेल प्रेमी तथा समाज सेवामा सधै लागि रहेने थापाले आफुलाई जिम्मेवारी दिने सहयोगीहरुलाई सबैलाई धन्यवाद दिए । सदस्यमा मनोनय भएका थापाले आफुलाई विश्वास गरेर पार्टीले दिएको जिम्मेवारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत रहेका थापा सुदूरपश्चिम क्षेत्रकै चर्चित क्लव मनकामना युवा क्लबका अध्यक्ष समेत हुन ।

No description available.


ताजा समाचार

spot_img