कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरबाट चरेश सहित ३ जना पक्राउ भएका छन् ।

शुक्रबार अन्दाजी साढे चार बजेको समयमा गोप्य सूचनाको आधारमा प्रदेश अनुसन्धान समूह आर आई टि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ प्रगतिटोलबाट कैलाली धनगढी उपनागरपालिकामा-७ बस्ने बर्ष २१ को किशोर सिंह, कृष्णपुर न.पा.२ बंक बस्ने बर्ष ३६ को गणेश भण्डारी र जिल्ला बझाङ छबिस पाथिभेरा गा.पा.५ बस्ने बर्ष ३२ को झलक जाग्रीलाई चेक जाँच गर्दा किलो ४ सय ९० ग्राम चरेस फेला पारेको छ ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







