कञ्चनपुर : आफु र आफ्नो पार्टी नेपाली काँग्रेसलाई लोकतन्त्रको मुख्य ठेकेदार नै ठान्ने काँग्रेस निकट नेपाल शिक्षक संघका नामबाट नगर प्रमुख बिरुद्ध व्यक्तिगत तल्लो स्तरको गाली गलैच, गैर लोकतान्त्रिक उच्छृङगल चरित्र देखाएको भन्दै भीमदत्त नगरपालिकाले शिक्षक संघको आन्दोलनप्रति खेद प्रकट गरेको छ । दरबन्दी मिलान कार्यप्रति प्रअ नपाएको घर पायक सरुवा नदिएको, श्रीमती, सालासालीलाई भने अनुरुप सरुवा नगरेको प्रावि शिक्षकलाई माविको हेडसर नबनाएको झोकमा शिक्षक संघले काँग्रेस पार्टी, त्यसका भातृ संगठन मार्फत नगरपालिकामा हिन्सात्मक अराजक आन्दोलन गरेको भन्दै नगर प्रवक्ता हिमाल चन्दले बताए । उनले मौखिक तथा लिखित रुपमा प्रेस विज्ञप्ती जारी गर्दै असार ३१ ग्ते सर्वसम्मतबाट गरिएको निर्णय अनुरुप ऐतिहासिक दरबन्दी मिलान भएको बताउँदै काँग्रेसले अनावश्यक राजनीति गर्न खोजेर विद्यालयको काम छाडेर धर्नामा बसेर अनावश्यक राजनीति गर्न खोजेको बताए ।

‘गृह प्रशासन काँग्रेसकै छ, तर पनि काँग्रेसले स्थानीय र संघीय सरकारी छाडा गालिगलैचमा उत्रिएका छन, ‘प्रवक्ता चन्दले भने, यि कस्ता लोकतान्त्रिक काँग्रेस हुन ।’ सरकार आफै चलाउने अनि सुरक्षाकर्मीमाथि हातपात गर्ने, सरकारी निकाय तोडफोड गर्ने भन्दै भत्र्सना जाहेर गरेको छ । केही आफुलाई अधिकारकर्मी भनेर हुईकम ठोक्नेहरु पनि हिन्सात्मक आन्दोलनमा सरिक भई सरकारी कार्यालय तोडफोडमा उत्रिएको बताउदै, अधिकारकर्मी काँग्रेसी र शिक्षक संघकै हिन्सात्मक आन्दोलनमा सरिक भएर नगरपालिका तोडफोड गर्न आएकोप्रति दुख व्यक्त गरे ।
शुक्रबार प्रवक्ता चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति, नगर समिति, नेपाल विद्यार्थीको आन्दोलनमा सुरक्षाकर्मीमाथि हातपात, नगरपालिका तोडफोड, नगर प्रमुखमाथि गालीगलैच, सिसा बोतल प्रहार जस्ता घटना घटना गराउने समुहमाथि कार्बाहीको माग अघि सारेको छ । जब शिक्षक पेशा काँग्रेसको कार्यकर्ता बनेर हिन्सात्मक आन्दोलनमा उत्रिएपछि नगरमा अशान्ति मच्चाएको नगरपालिकाको ठहर छ । तर, काँग्रेसी शिक्षकहरुले एकोहोरो विधि प्रकृया मिलेर भन्दै बलिक हठमा उत्रिएका छन । आफु शिक्षक हुँ भनेर कर्तव्य बिर्सिएर काँग्रेसको नेता कार्यकर्ता सोचेर मेयर, सरकार कार्यालय बिरुद्धमा गर्ने बिध्वङसात्मक आन्दोलनका कारण कार्यालय विद्यालयमा प्रभाव परेको नगरपालिकाको ठहर छ ।







