कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले शिक्षकलाई ल्याप्टप वितरण गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको भृकुटी माविका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले ल्याप्टप वितरण गरेको हो । भृकुटीमा मावि संयोजक बिरेन्द्र प्रशाद भट्टलाई शिक्षणलाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयकै कोषबाट ७ जना शिक्षकलाई ल्याप्टप वितरण बताए ।

उनका अनुसार कक्षा ८ देखि १२ सम्मका सिटिईभिटीईका कक्षा संचालनका लागि ल्याप्टप दिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले शिक्षकहरुलाई ल्याप्टअफ वितरण गरेका छन । भृकुटी माविका प्रअ केशर सिह महराले शिक्षकलाई ल्याप्टप वितरणसंग कोरोनाका बेला शिक्षणमा सहजता हुने बताए ।







