दोधारा चाँदनीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको प्रभावकारी गस्ती : अप्रिय घटनामा कमी


 दोधारा : दोधारा चाँदनीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती प्रभावकारी बन्दै गएको छ् । दोधारा चाँदनी नगरपालिकाका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा बोडर आउट पोष्ट दोधारा चाँदनीले संचालन गर्दै आएको सीमा गस्ती प्रभाकारी बन्दै आएको स्थानियहरुले बताएका छन् । गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक कृयाकलापमा कमी आएको स्थानियहरुले बताउदै आएका छन् । पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करी आरोपमा हुने घटनामा कमी आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट दोधारा चा“दनीको भनाई रहेको छ् ।

‘नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती लाभदायक छ्’ दोधारा चा“दनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले भने ।नगरपालिकाको वडा नं. १ संग जोडिएको नेपाल–भारत सिमाको जिरो पोईन्ट सिमा क्षेत्र देखी वडा नं. १० कुतियाकवरको नेपाल–भारत सिमा क्षेत्र हुदै आरक्ष क्षेत्र सम्म सशस्त्र प्रहरीको नियमित गस्तीले सिमा क्षेत्रको अपराधिक कृयाकलापमा न्युनिकरण आएको जानकारहरु बताउछन् । सिमा क्षेत्रमा अधिकांश सशस्त्र प्रहरीले गस्ती संचालन गर्दै आएको बेला बखत भारतिय सुरक्षाकर्मी भारतिय सिमा सुरक्षा बल (एसएसबी) संग समन्वय गरि सयुक्त गस्ती समेत संचालन भईरहेको बताईएको छ् । दोधारा चा“दनी नगरपालिकाका नेपाल–भारत सिमा बस्तीहरुमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्दै आएको र समय–समयमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) संग सहकार्य गरि सशस्त्र प्रहरी र एसएसबीको सयुक्त गस्ती समेत गरिदै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले जानकारी दिएका छन् ।

‘सिमा क्षेत्रमा हाम्रो नियमित गस्ती संगै बेलाबखत भारतिय सिमा सुरक्षा बल (एसएसबी) संग सहकार्य गरि सिमा क्षेत्रमा सयुक्त गस्ती गर्दै आएका छौं’सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले भने । सशस्त्र प्रहरीको नेपाल–भारत सीमा क्षेत्रको गस्तीले अपराध र विवादका घटनामा कमी हुनुको साथै स्थानियहरुमा सिमा क्षेत्रमा शँन्तीको अनुभुती भएको बताईएको छ् । यस्तै सशस्त्र प्रहरीले भारतिय सिमा सुरक्षा बल एसएसबी संग सहकार्य गर्दै समय अनुकुल सिमा क्षेत्रमा सयुक्त गस्ती थाल्दै आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (कुतियाकवर) का सई दान सिंह बिष्टले जानकारी दिएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागी सशस्त्र प्रहरीले गस्ती संचालन गर्दै आएको हो । दुबै देशका सुरक्षा अधिकारीहरुको सहमतीमा आवश्यक परेको बेला जुनुसुकै बेला पनि सयुक्त गस्ति संचालन गर्दै आएको सशस्त्र प्रहरी अधिकारीहरुले बताएका छन् ।

अन्र्तराष्ट्रीय सीमामा हुने सशस्त्र प्रहरी बल र एसएसबीको सयुक्त गस्तीले सीमामा हुने विवादलाई आपसी सहयोगको आधारमा स्थानिय स्तरमा समाधान गर्दै आएको दुबै सुरक्षा अधिकारीहरुले दाबी गर्दै आएका छन् । सातामा र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल–भारत सिमा सम्बन्धलाई मजबुत बनाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका (कुतियाकवर) का सई दान सिंह बिष्टले बताएका छन् । नगर क्षेत्रको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका क्षेत्र बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा सशस्त्र प्रहरीले बिशेष गस्ति परिचालन गरिदै आएको बताईएको छ् । ‘अति संबेदनशिल सिमा क्षेत्रमा चौबिसै घण्टा पैदल गस्ती तथा मोवाईल गस्ति बढाईने छ्’ सशस्त्र प्रहरी श्रोतले भन्यो । सिमा क्षेत्रबाट हुनसक्ने अपराधिक गतिबिधी रोक्न बिशेष सर्तकता अपनाईएको छ् । सिमावर्ती भारतिय बजारमा स्थानियहरु किनमेल गर्न आवत–जावत बढी गरिने हुदा सिमा क्षेत्रमा आवात जावत गर्ने स्थानियहरुमा निगरानी बढाईदै आएको सशस्त्र प्रहरीको भनाई रहेको छ् । दशै तिहार तथा छट पर्वको अवरमा सुरक्षा ब्यवस्था कडा पार्नुको साथै सिमा क्षेत्रका गाउ तथा बस्तीमा सशस्त्र प्रहरीले पहरेदारी गर्दै आएको र आवश्यक भएको खण्डमा नेपाल प्रहरी संग सहकार्य गर्ने योजना रहेको बताईएको छ् । सीमा अतिक्रमण्ँ, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सीमा गस्तिले प्रभावकारी हुने दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आएको पाएका छौं’ नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।


ताजा समाचार

spot_img