बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्धको निरन्तर अभियानमा माईती नेपाल


दोधारा : बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्धमा निरन्तर अभियानमा माईती नेपाल कञ्चनपुर बिगत लामो समय देखि क्रियाशिल देखिदै आएको छ् । आज दोधारा चाँदनी नगरपालिकाका नेपाल–भारत सिमा बस्तीमा बसोबास गर्दै आएका जोखिममा रहेका किशोरीहरुलाई बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्ध एक दिने अनुशिक्षण प्रदान गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेशवरी भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका झण्डै २५ जना किशोरीहरुलाई एक दिने बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्ध अनुशिक्षण प्रदान गरिएको छ् ।

‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ किशोरीहरुलाई बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्ध प्रशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । किशोरीहरुलाई श्रव्य र दृश्य सामग्री मार्फत बाल यौन शोषण, लैङ्गिक हिंसा, मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अपनाउने तौर–तरिका, सम्पर्क स्थानहरु, कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित बसाईसराई र मानव बेचविखन विरुद्ध किशोरीहरुको भुमिका लगाएतको बारेमा अनुशिक्षण गरिएको बताईएको छ् । नगर उपप्रमुख चिनी ओझा गिरीको प्रमुख आतिथ्यमा संचालन भएको मानव बेचबिखन बिरुद्धको किशोरीहरुलाई एक दिने अनुशिक्षणमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, सुरक्षित संजालका संयोजक तथा अधिकारकर्मी खिमा चन्द लगाएत अनुशिक्षणमा आएका सहभागी किशोरीहरु रहेका थिए ।

बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्ध प्रशिक्षण मानव जातिको लागी अभिसाप भएको अनुशिक्षणको उद्धघाटन सत्रमा बोल्दै नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्धमा निरन्तर अभियानमा माईती नेपाल कञ्चनपुर खटिदै आएको बताएका छन् । दोधारा चा“दनी नगरपालिकामा सुचना तथा परामर्श केन्द्र स्थापना, नेपाल–भारत सिमा बस्तीमा घर दैलो, तथा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्धमा निरन्तर अभियानकारुपमा माईती नेपाल कञ्चनपुर अघि बढ्दै आएको नगर उपप्रमुख चिनी गिरी ओझाले बताएका छन् । बिगतका दिनहरुमा आफु पनि माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीमा गठन गरेको मानव वेचविखन बिरुद्धको संजालमा रहेको बताउदै दोधारा चा“दनी नगरपालिका संग माईती नेपाल सहकार्य गर्दै आएको र भावी दिनहरुमा सहकार्य गर्न आतुर रहेको उनले जिकिर गरे । ‘माईती नेपाल संग मेरो पुरानो नाता छ् ।

म पनि बिगतका दिनहरुमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीमा गठन गरेको मानव बेचबिखन बिरुद्ध संजालमा रहेर कार्य गरेको हु । नगर क्षेत्रमा मानव बेचबिखन बिरुद्धमा माईती नेपाल बिगत देखि प्रखर देखिएको छ’ दोधारा चा“दनी नगरपालिकाका नगर उप्रमुख चिनी ओझा गिरीले भने । किशोरीहरुलाई एक दिने बाल यौन शोषण, लैङ्गिक हिंसा र मानव वेचविखन बिरुद्ध अनुशिक्षणमा मन्तब्य राख्दै दोधारा चा“दनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले सहभागीहरुले अनुशिक्षणमा सिकेका कुरा ब्यवहारमा उतार्नुको साथै सिकेका कुरा आफन्तहरुलाई सिकाउन आग्रह गरेका छन् । उद्धघाटन सत्रमा सुरक्षित संजालका संयोजक खिमा चन्दले चेली र बालबालिका माथी आएको संकटको घडीमा चेली र बालबालिकाहरुको सुरक्षाका लागि माईती नेपाल अगाडी बताए । ‘यो आफैमा प्रशंसनीय कदम हो । दोधारा चा“दनीमो सिमा बस्तीका किशोरीहरुलाई लक्षित गरेर माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा व्यसायीक बाल यौन शोषण बिरुद्ध अनुशिक्षण संचालन गरेकोमा माईती नेपालको पुरै टिमलाई धन्यबाद’ सुरक्षित संजालका संयोजक खिमा चन्दले भने ।

सुरक्षित संजालका संयोजक खिमा चन्दले बिगत लामो समय देखि माईती नेपाल कञ्चनपुरले गर्दै आएको मानव बेचबिखन तथा ओसार पसार रोक्ने जस्तो पुन्यको कार्यमा आफुले सरिक हुन पाएकोमा खुशी ब्यक्त गरे । अनुशिक्षणमा सहभागी एक सहभागी किशोरी अंकिता ऐरी बिष्टले तालिममा कसरी बेचबिखन हुन्छ ? कसरी दलालहरुले प्रलोभन देखाउछन्, यसको कानुनी पाटो के हो भन्ने आफुले नथाहा पाएको कुरा सिक्न पाएकोमा माईती नेपाललाई बिशेष धन्यबाद दिदै माईती नेपालले संचालन गर्दै आएको सबै जसो कार्यक्रममा सहभागी गराउन समेत माईती नेपाल कञ्चनपुरका टिमलाई किशोरी अंकिता ऐरी बिष्टले आग्रह गरेका छन् । मानव बेच–बिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागीलाई जानकारी गराईएको छ् ।

भारत संग नेपालको खुल्ला सिमाना, लकडाउनको कारण गरिब बस्तीमा एक छाक टार्नको अभाव, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतीक अस्थीरता आदिका कारणहरुले गर्दा बाबु आमा संरक्षक नभएका र जोखिममा परेका किशोरी, बालबालिकाहरु बेच–बिखन हुने गरेको अनुशिक्षणमा बताईएको छ् । अनुशिक्षण निकै लाभप्रद रहेको सहभागी किशोरीहरुले कार्यक्रममा बताएका छन् । रोजगारीको लागी जहान परिवार सहित भारत जाने र किशोरीहरु बेचबिखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेको भन्दै माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्तीका जोखिममा पर्नसक्ने किशोरीहरुलाई बिगतका दिनहरुमा समेत अनुशिक्षण गर्दै आएको भन्दै बक्ताहरुले माईती नेपाल कञ्चनपुका संयोजक तथा टिमलाई बिशेष धन्यबाद दिएका थिए ।

 


ताजा समाचार

spot_img