अनलाईन कक्षा व्यवस्थापन तालिम


कञ्चनपुर : कोरोना महामारीका कारण भौतिक उपस्थिति गराएर कक्षा संचालन गर्न नसकिने भएपछि अनलाईन कक्षा व्यवस्थापन तालिम शुरु भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल कञ्चनपुरको आयोजनामा अनलाईन कक्षा व्यवस्थापन तालिम शुरु भएको हो । प्रविधिमैत्री शिक्षक समाज नेपाल कञ्चनपुरका उपाध्यक्ष बिरेन्द्र प्रशाद भट्टले कोरोना महामारी मध्य नजर गर्दै शिक्षकहरुका लागि अनलाई कक्षा व्यवस्थापन तालिम शुरु भएको बताए ।

उनका अनुसार नेपाली सेनाको तेघरी ब्यारेक महाविद्यालयका शिक्षक हर्क बोहराले शुरुको प्रशिक्षण दिएका थिए । अनलाई कक्षा व्यवस्थापन तालिम शुरु उद्घाटन समारोहमा प्रविधिमैत्री शिक्षक समाज नेपाल कञ्चनपुरका सदस्य प्रमानन्द नाथले शिक्षालाई प्रविधिमैत्री रुपमान्तरमा जोडदिए । उद्घाटनका दिन समाजिक विकास मन्त्री लाल बहादुर खडका र दोस्रो दिन बेदकोट नगरका मेयर अशोक कुमार चन्द प्रमुख अतिथि रहेका थिए । तालिम चार दिनसम्म संचालन हुनेछ ।


ताजा समाचार

spot_img