धर्मा रोकाया: महेन्द्रनगर । भुमि आयोग विघटनको विरोधमा नेकपा एमाले निकट जनबर्गिय संगठनहरुले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन । आईतबार ११ बजे नेकपा (एमाले)को पार्टी कार्यालय महेन्द्रनगरबाट निस्केके ¥याली बजार परिक्रममा पछि मदनचोकमा कोण सभामा परिणत भएको थियो ।


विरोध ¥यालीमा नेकपा (एमाले) का जनबर्गिय संगठन युवा संघ कञ्ञ्चनपुर, श्रमीक संगठन, अनेरास्ववियु, अखिल नेपाल महिला संघले बजारमा विरोध प्रदर्शन गरेको हो । अदालतको परमादेशबाट गठन भएको सरकारले भुभिहिन सुकुमबासीहरुलाई भुमिधनी हुनबाट बञ्चिन गर्ने उद्देश्यले भुमि सम्बन्धी समस्या समाधान आयोग नै खारेज गरेको जनवर्गिय संगठनहरुलले आरोप लगाएका छन । नागरीकको मौलीक अधिकार खोसिएको समेत उनीहरुले आरोप लगाएका छन ।







