बेलौरीका सडकमा पनि देखियो तपाईंको मास्क खोई ? अभियान


बेलौरी: कन्चनपुरका विभिन्न क्षेत्रमा चलिरहेको तपाईको मास्क खोइ ? अभियान बेलौरीमा पनि सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बेलौरीले शनिबार बेलौरी बजार स्थित संबिधान चोकमा तपाईको मास्क खोई? सप्ताह व्यापी अभियान सुरु गरेको हो ।

No description available.

बेलौरीमा भारतीय खुल्ला सिमाका कारण कोरोना भाईरसको तेस्रो चरणको संक्रमणदर उच्च हुनसक्ने भन्दै यश अभियानलाई सफल पार्न सम्पुर्ण सबै नगरबासीहरुमा ईलाका प्रहरी कार्यालय बेलौरीले अनुरोध समेत गरेको छ । उक्त अभियानमा बेलौरी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, सम्बन्धित वडाका अध्यक्षज्यु, नगरपालिकाका निमित्त कार्यकारि अधिकृत, एनएनएसडब्लु र सँगसँगैका प्रतिनिधिहरु, पत्रकार र स्थानिय ब्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । “

No description available.

तपाईको मास्क खोई?, नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली” लगायतका नाराहरु सहित जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै माक्स नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरुलाई कोरोनाको जोखिम सम्बन्धि सम्झाई बुझाई गरि माक्स समेत वितरण गरिएको बेलौरीका प्रहरी निरीक्षक कमल खड्काले जानकारी दिए । त्यस्तै केही दिन अघि मात्रै पुनर्वास नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले समेत यो अभियान सुरु गरिसकेको छ ।


ताजा समाचार

spot_img