महेन्द्रनगर : कञ्चनपुर जिल्लास्थीत त्रिनगर नाका गौरिफन्टा डोकेबजार स्थित नेपाल–भारत आवतजावत गर्ने मानिसहरु लाई मध्यनजर गरि राखिएको हेल्प डेस्क र नवनिर्मित होल्डिङ सेन्टरको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अनुगमन गर्नु भएको छ । होल्डिङ सेन्टरको अनुगमन गरेका मन्त्री खड्काले होल्डिङ सेन्टरलाई आवश्यक पर्ने थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

माननिय मन्त्री खड्काले अनुगमन गरेको उक्त होल्ड्रिङ सेन्टरको बाकि आवश्यक भौतिक संरचना निर्माणकालागि सामाजिक विकास मन्त्रालयको समन्वय र कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालले सहकार्य गर्ने सझौता समेत गरेका छन । अनुगमन तथा छलफलमा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी , पुनर्वास नगरपालिका गणेश साउँद , कार्यक्रम संयोजक केशव मलासी ,विनोद सिंह कडारा ,गैसका महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष र उपाध्यक्ष देवि प्रसाद खनाल, नीर बहादुर शाहिको उपस्थिति रहेको थियो।

विश्वव्यपीरुपमा फैलिएको पहिलो चरणको महामारीकारण भारतमा रोजगारी गुमाएर नेपाल फर्किने नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै सरकारले होल्डिङ सेन्टरको स्थापना गरेको थियो ।






