ब्रम्हदेबका युवकको हत्या गरेर भारतीय जंगलमा फ्याकिएको अवस्थामा शव फेला

कञ्चनपुर :  कञ्चनपुरको सीमावर्ती गाँउ ब्रम्हदेबका एक युवकको हत्या भएको छ । २० साउनदेखि घर परिवारको सम्पर्क बिहिन भएका भीमदत्त नगरपालिका ९ ब्रम्हदेबका २० बर्षिया कमल ओडको हत्या भएको हो । ओडको हत्या गरेर भारतीय जगलमा फ्याँकिएको अवस्थामा शव फेला परेको छ । चार दिनदेखि हराएका कमलको खोजिका लागि परिवारले ब्रम्हदेब प्रहरीमा निवेदन दिएसंगै खोजि गरेका थिए । कमल नजिकै भारतीय टनकपुरमा निर्माण भईरहेको नहरको काममा मजदुरी गर्दै आएका थिए । मृतक कमलका दाजु बलबिर ओडले २० साउन राती ८ बजेघरबाट राईस खान्छु भन्दै हिडेको बताए । ‘मैले भाईलाई तरकारी ल्याएर आउनु भनेको थिए, उ बजार गएर तरकारी ल्यायो, ‘बलबिर ओडले भने, ‘घरमा तरकारी पु¥याएपछि पुन राईस खान्छु भनेर बजार गयो, त्यो दिन फर्किएन ।’

पहिलो दिन साथीभाईको घरमा गएको होला भनेर घर परिवारले वास्ता नगरेको बताउदै उनले दोस्रो दिन प्रहरीमा निवेदन दिएर खोजिकार्य गरेको बताए । ‘पहिलो दिन भाई घर फर्किएन, ‘दोस्रो दिन निवेदन दिए, तेस्रो दिन जंगल गएका गोठालाले चम्पल देखेर गाँउमा भन्यो, ‘उनले भने, ‘खोजि गर्दै जाँदा चप्पल र पर्स भेटियो, छेउमै झाडीभित्र भाईको शव भेटियो, खुट्टामा धारिलो हतियार प्रहार गरि घाईते बनाएको देखिएको छ । कसैले नदेख्ने ठाँउमा शव व्यवस्थापन गरेको पाईयो, यो त हत्या नै हो ।’ मृतक कमलका अर्का दाजु गणेश ओडले भाईको विभत्स तरिकाले हत्या भएको भन्दै घटनाको सत्यतथ्य खोजबिन गरेर दोषि पत्ता लगाउनुपर्नेमा जोडदिए । ‘भाईको कसैसंग पनि न विवाद न दुस्मनी थियो, ‘उनले भने, ‘ठूलो रिसिईबी बोकेर किन यसरी हत्या गरेर पराई जंगलमा फ्याकिदियो ।’

मृतकको घर नेपाल र शव फेला परेको स्थान भारतीय भूमि भएकाले दुवै देशका प्रहरीले घटनाको छानबिन गरेर हत्यारा पत्ता लगाउनुपर्नेमा उनले जोडदिए । मजदुरी गरेर घर परिवारको जोहो गर्दै आएका कमलको हत्या गरेसंगै उनको घर परिवार, आफन्त छरछिमेकी एवं गाँउले शोकमा परेका छन । नेपाल प्रंहरीले घटनामा संलग्न आशंका गरेर मृतका दुई साथी गणेश आउजी र मनोज भट्टलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले भारतीय भूमिमा शव फेला परेकाले भारतीय पक्षबाटै अनुसन्धान एव अन्य प्रकृया पुरै उतैबाट हुने बताए । ‘शवको सबै काम भारतीय प्रहरीबाटै हुन्छ, ‘उनले भने, ‘हामीले घटनाको अनुसन्धानका लागि सहयोग, समन्वय गछौँ ।’ सोझासाझा मानिसको हत्या गरेर नेपालबाट भारतीय जंगलमा फ्याकिएको भन्दै स्थानीयले दुख व्यक्त गरेका छन ।

मृतक कमलको घर र शव फेला परेको स्थान झण्डै डेढ किलोमिटरको दुरीमा छन । स्थानीयले समेत जघन्य क्र्रुर अपराध भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । कञ्चनपुरका दलित अगुवा प्रताव तिरुवाले घटना अत्यन्तै क्र्रुर तथा अपराधिक भएकाले मानिसको हत्या गरेर अपराध लुकाउन प्रपञ्च गरिएको बताए । ‘अपराधिकले एकातिर युवाको हत्या ग¥यो, ‘उनले भने, ‘अर्कातिर अपराध लुकाउन झाँडीमा लुकाईयो ।’ घटना स्थल पुगेका पुर्व राज्यमन्त्री प्रकास रावलका स्वकीय सचिव समेत रहेका दलित अगुवा युवा रविन्द्र सुनारले जघन्य अपराध भएकाले दोषि पहिचान गरेर कानुनी कार्याबाहीमा ल्याउनुपर्ने जोडदिए । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले घटना अपराधिक भएकाले यस्ता अपराधिक समुहमाथि दुवै देशका सुरक्षाकर्मीले कार्बाहीको दायरमा ल्याउनुपर्ने बताए ।

ताजा समाचार