लागू औषध नियन्त्रणका लागि सुन्दरपुरका युवाले थाले अभियान


कञ्चनपुर :  विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोराना भाइरसले विश्व नै त्रसित बनेको बेलामा नेपाल सरकारले महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनले युवाहरु लागू औषध दुव्र्यसनको लतमा फस्दै गएपछि ‘लागू औषध नियन्त्रणका लागि युवाको भूमिका’ भन्ने मुल नाराका साथ बेदकोट नगरपालिका वडा नम्बर ९, सुन्दरपुरका युवाहरुले लागु औषध दुव्र्यसन विरुद्ध अभियान चलाएका छन ।

No description available.

वडा नम्बर ९ को सुन्दरपुरस्थीत कृषि चोक देखि ¥र्याली सुरु गरेका युवहरुले लागु औषध विरुद्धका जनचेतनामुलक स्लोगन लेखिएका प्ले कार्डसहित वडा कार्यालयमा समापन गरेका थिए । लागु औषध नियन्त्रणमा सबै युवा एक जुट भएर यस अभियानलाई निरन्तरता दिने युवा खेलाडी तथा अभियान सञ्चालनकर्ता पुस्कर थापाले बताए । वडाभित्र रहेका युवाहरुमध्येबाट दुव्र्यसनमा फसेका युवाहरुको पहिचान गरी उनीहरु केकति कारणले दुव्र्यसनमा फसेको बारे पत्ता लगााई युवा लक्षीत कार्याक्रम अघि सार्ने वडा अध्यक्ष राम सिह धामीले बताए ।

‘वडामा दुव्यसनमा लागेका युवाहरुको पहिचान गर्छौ’, वडा अध्यक्ष धामीले भने ‘उनीहरु केकति कारणले दुव्र्यासनीमा फसे , त्यो कुरा पत्ता लगाउछौ र त्यो कुरा पत्ता लगाएपछि उनीहरु लक्षीत कार्यक्रम ल्याउछौ ।’ ¥यालीमा सुन्दरपुरका युवा, महिला राजनीति दल, शिक्षाप्रेमी लगायत वडा कार्यालय परिवारको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img