धनगढी : सानिमा लाइफ इन्सुरेन्स ली.क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बिमित स्व. गोर्खे चौधरी कि श्रीमती राज कुमारी चौधरी लाई मृत्यु दाबी भुक्तानी बाफत रु. २ लाख ५० हजार निज कै घर गोदावरी न पा ०६, कैलालीमा गइ हस्तान्तरण गरेको छ।

स्व. बिमितले मिति २०७६ भदौं १० मा आफ्नो छोरी सुश्री रिंकु चौधरीको रु २ लाख ५० हजारको जिबन बिमा बाफत रु १५८९९ बिमाशुल्क कम्पनी मा बुझायका थिय र टिएलआई सुबिधा लिइ बालबालिकाको जिबन बिमा गर्दा बुवा अथवा आमा को पनि जोखिम लिने हुदा छोरीको बिमा गरे बाफत निज गोर्खे चौधरी को मृत्यु हुदा छोरीले बिमांक बराबर रकम पाउने र आउने बीमा शुल्क पनि मिनाहा हुने हुदा सो बाफत पाउने रकम रु.२ लाख ५० हजार हस्तान्तरण गरेको हो।

जिबन बीमा को मेरुदण्ड चाडो मिर्त्यु दाबि भुक्तानी भएकोले कम्पनीले छिटो छरितो मृर्त्यु दाबि भुक्तानी गर्ने गरेको कम्पनीका सुदुरपचिम तथा कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती ले जानकारी गर्नु भयो। सो दाबी भुक्तानी कार्यक्रम मा वडा न.६ कार्यबाहक वडाअधक्ष जय राज फुलारा, धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह अत्तरिया शाखा का शाखा प्रबन्धक कर्ण बहादुर ऐर ,बजार अधिकारी दीपक चौधरी, मृतकको श्रीमती राज कुमारी चौधरी, अभिकर्ता किरन चौधरी को उपस्थिति रहेको थियो।







