कञ्चनपुर : वुवाको वार्षिक पुण्यतिथीको अवसरमा वृद्धआश्रममा रहेका बृद्ध बुवा आमालाई खीर खुवाउनुको साथै कपडा वितरण गरेका छन् । बुवा स्व. जयकृषन भट्टको वार्षिक पुण्यतिथीमा छोरा देवराज भट्ट, गंगा दत्त भट्ट, महादेव भट्ट र वहाँकी धर्म पत्नी भागरथी भट्टले वेतकोट नगरपालिका–७ स्थित रौटेलामा रहेको बैजनाथ धाम जेष्ट नागरिक सेवा केन्द्र (वृद्धआश्रम)मा खीर पुरी तथा खाना खुवाउनुको साथै महिला पुरुष दुवैलाई कपडा वितरण गरेका छन् ।


यसरी अहिले वृद्ध बुवा–आमालाई बोझ सम्झेर आश्रममा छोडदै जाने चलन बढदै गएको अवस्थामा भट्ट परिवारले वृद्धआश्रममा गई त्यहाँ रहेका बृद्ध आमा बुवालाई खाना खुवाएका छन् । यसरी खाना पाउँदा आफ्नो पिडामा मलम लाग्ने बताउनु हुन्छ वृद्धआश्रममा रहेकी एक वृद्ध आमाले ।


शिशु विद्या मन्दिरका सञ्चालक तथा प्रबन्ध रहेका भट्टले यसरी वृद्धआश्रममा गएर खाना खुवाउन पाउदा आफुलाई खुशी लागेको बताउनु भयो । आफ्नो सानो सहयोगले वुवा आमाको मुहारमा हाँसो देख्न पाउदा आफ्नो पिडा भुलेको महशुस भएको भट्टले बताए । उक्त वार्षिक पुण्यतिथीको अवसरमा गरीएको कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द लगयात भट्ट परिवारको उपस्थिती रहेको थियो ।







