कञ्चनपुर : कञ्चनपुरका समाजसेवि विकासप्रेमी एव भूमिहिन, दलित सुकुमबासी आरक्षपीडित लगायत युवाका पक्षमा आवाज उठाउँदै आएका सिरोमणी कुमार ओझा(सुर्य) काँग्रेसको विज्ञ सदस्यमा चयन भएका छन । नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन भएका हुन ।

विभागका प्रमुख काँग्रेस केन्द्रीय सदस्य एनपी साउनले उनलाई विज्ञ सदस्यमा नियुक्त गरेको हो । काँग्रेसको विज्ञ सदस्यमा नियुक्त भएका ओझाले विभागले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







