कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । चालु आर्थिक बर्ष ०७७/०७८मा वडा कार्यालयको दुई तले आधुनिक भवन निर्माण सम्पन्न भएको हो । यस अघि भाडाको घरमा कार्यालय संचालन गर्दै आएको वडा नम्बर ६ को आफ्नै भवन निर्माण भएको हो । बिहीबार एक कार्यक्रमका विच वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले वडा भवन सहित स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका छन । वडा र स्वास्थ्य कार्यालय भवनको एकसाथ उद्घाटन गर्दै मेयर विष्टले जनताको अधिकार सेवा सुविधाका लागि हरेक वडामा सुविधा सम्पन्न भवन र सेवा समेत उस्तै विस्तार भएको बताए । मेयर विष्टले वडाबाट सेवा सुविधा विस्तारमा जोडदिए । भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष हरक सिह धामीको वडा र स्वास्थ्य केन्द्र भवन संगै प्रशासनिक एव स्वाथ्य सुविधा सेवा विस्तार गरिने बताए ।

नागरिकलाई वडाबाटै सेवा दिलाईने बताउदै वडाध्यक्ष धामीले प्रशासनिक सेवाका साथै स्वास्थ्य सेवा प्रदान गरिने छ । आफ्नै भवन भएपछि सेवा सुविधा विस्तारमा सहज हुने छ । वडा तथा स्वास्थ भवन उद्घाटन कार्यक्तममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधी लगायत नागरिकहरुको सहभागिता रहेको थियो ।







