खल्लामछेट्टीका पूर्व शिक्षक बोहराको हत्याकाण्ड

घटनामा संलग्न सबै दोषिलाई कार्बाही गर्ने र पीडित परिवारलाई न्याय दिने आवश्वासनपछि ९ दिनमा शव अन्त्येष्टी


पुष्कर भट्ट/ कञ्चनपुर
छिमेकी प्रकास पाल समुहको कुटाईबाट मारिएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९खल्लामछेट्टीका पुर्व शिक्षक गणेश बोहराको शव आफन्तले बुझेका छन । सरकारी निकायले घटनामा संलग्न सबै दोषिलाई कार्बाही गर्ने र पीडित परिवारलाई न्याय दिने आश्वासनपछि पीडित परिवारले सोमबार शव बुझेका हुन । पीडित परिवारले सोमबारले धार्मिक परम्परा अनुरुप महामाली नदीमा अन्त्येष्टी गरेका छन । भीमदत्त नगरपालिका ९ का स्थानीय युवा दिपेन्द्र सिह ऐरीले पीडित परिवारलाई प्रहरी, नगरपालिका सहितका सरकारी निकायले घटनामा र्संलग्न सबै दोषिलाई कार्बाही गर्ने र पीडित परिवारलाई न्याय दिने विषयमा प्रतिबद्धता जाहेर गरेपछि पीडित परिवारले शव बुझेर अन्येष्टी गरिएको बताए । सोमबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र भीनपा ९ का वडाध्यक्ष राना नाथले पीडित परिवारलाई न्याय दिने विषयमा स्थानीय सरकार तर्फबाट सहयोगको प्रतिबद्धता जाहेर गरेका थिए ।

मृतक पुर्व शिक्षक बोहराका भाई केशव बोहराले लखेटीलखेटी प्रकास पाल समुहबाट हत्या गरिएको भन्दै दोषि सबैमाथि कानुनी कार्बाही गर्नुपर्ने बताए । पीडित परिवार सहित आफन्तले हत्या जस्तो अपराधमा राजिकरण हुन लागेको भन्दै खबरदारी गरेका छन । पीडक पक्ष केही दलका नेतासंग नजिक रहेर काम गरेकाले उनीहरुकै संरक्षणमा घटनामा आलटाल गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए ।शिक्षण पेशा पछि घरखेती व्यवसायमा लागेका बोहराको क्षण भरमै छिमेकी प्रकास पाल समुहले शास लाशमा परिणत गरिदिएका थिए । मृतक बोहराकी आमा मानमती बोहराले प्रकास पाल सहित उनका घरपरिवारले सामुहिक छोरामाथि कुटपिट गरेर हत्या गरेको बताईन् । ‘दिनभरी हामी सबै रोपाईमै थियौँ, ‘उनले भनिन, ‘म बुहारी र दुई नाबालक नातिनातिना घरमै थिए, प्रकास पाल, उनका बाबु हंसाराज पाल सहित मान्छे आएर छोपेर खेतमा पुगेका छोरालाई लगेर कुटपिट गरे मैले नकुटन बिन्दीगर्दा पनि मानेनन, आज छोरा नै गुमाउनुप¥यो ।’ कुटपिटबाट घाईते भएका छोरालाई उपचारका लागि ल्याउन नसकेको बताउदै भोलीपल्ट उपचारका लागि महाकाली अस्पताल पु¥याउँदा घाँटी निमोठेर हत्या गरिसकेका रहेछन ।

उनले जसरी आफ्ना छोराको कुटिकुटि हत्या गरियो, त्यसरी दोषिलाई आजिवन जन्मकैद राख्नुपर्ने माग अघि सारिन् । ‘बिना गल्ती मैले कोखको छोरो गुमाए, ‘उनले भनिन, ‘हिड्दा हिड्दै दुस्मनहरुले छोराको लास खाए, दुई साना कलिता सन्तान छन, युवा बुहारीमाथि अन्याय भयो ।’ गणेशको हत्यासंगै उनका दुई साना छोराछोरी टुहुरा भएका छन । कुटपिट हुँदा प्रकास पालका घरमा काम गर्दै आएका नैनसिह रावतले आफुले गणेशलाई छोपेर पसलमा ल्याएको मात्रै देखेको बताए । तर, अर्का प्रत्यक्षदर्शी लक्ष्मण लुहार र अशोच चन्दले गणेशमाथि निर्घात कुटपिट भएको गाँउलेसंग बताएका थिए ।
घटना स्थल नजिकै घर भएका बिरभान कठायतले आफु घरभित्र हुँदा झै झगडा भएको आवाज सुने गणेशलाई प्रकास पालले टेबुलमा राखेको देखे बाँकी।।उनले बताउन चाहेनन् । उनले हत्यारामाथि कार्बाहीको माग राखे । घटनाकै दिन प्रकास पालले बोहरालाई फसाउनका लागि सशस्त्र प्रहरीलाई बोलाएको बताउदै स्थानीयले घटनामा सशस्त्र प्रहरी समेत मौन रहेको बताएका छन । पाल समुहबाट घाईते भएका गणेशको भोलीपल्ट सोमबार उपचारका लागि छिमेकी नारायण बोहराको निजी मेडिकलमा ल्याएपनि नारायणले कुटपिटबाट गम्भिर घाईते भएका गणेशको उपचारका लागि ठूला अस्पतालमा लैजान सुझाव दिएको बताए । ‘बिहानै मेरै मेडिकलमा ल्याएका थिए, ‘उनले भने, ‘उनले घटनाक्रम बारे सोधेपछि ठूला अस्पताल लैजान सुझाव दिए ।’

स्थानीय महिला कल्पना विष्टले बिहान गणेशलाई उपचारका लागि महेन्द्रनगर लैजादा अटोमा देखेको बताउदै कुटपिट गर्ने प्रकास पालकी आमाले घाँटीमा मदिरा खन्याउ भन्ने शब्द बोलेपछि आकासबाट खसेजस्तै भएको बताईन् । स्थानीय भैरब ब। बोहराले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उनले घटनाको प्रहरीले निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही र पीडितलाई न्याय दिनुपर्नेमा जोडदिए । ‘हामीले सुन्दैछौँ, जसले गणेश बोहरामाथि कुटपिट गरे, उनै समुह राजनीतिक शक्ति केन्द्रमा धाईरहेका छन, ‘उनले भने, ‘खबरदार मानिसको हत्या गर्नेको पक्षमा लागेर मृतक परिवारमाथि खेलवार्ड नहोस ।’ स्थानीय युवा किशन खडकाले बोहराको निकृष्ठ तरिकाले हत्या भएको भन्दै दोषि उपर कडा कार्बाहीको माग अघि सारे । ‘यो अमानविय ढङगबाट हत्या भएको छ, ‘उनले भने, ‘दोषिहरुलाई हदैसम्मको कार्बाही हुनुपर्छ ।’ पूर्व योजना अनुसारै गणेशको प्रकास समुहले हत्या भएको बताए । ‘मृतकमाथि कुटपिट गर्दाका प्रत्यक्षदर्शी अशोक चन्द र लक्ष्मण सुनारले गाँउलेर्संग प्रकासका परिवारले कुटिकुटि हत्या गरेको बताएका थिए, ‘उनले भने, ‘अहिले ति दुवै जनालाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याएको छ, तर एकै हिरासतमा राखेको छ, हामीलाई शंका लाग्दैछ, कतै दोषि र प्रत्यक्षदर्शी एकै हिरासतमा राखेर बयान फेर्छनकी ।’ प्रकास पालले गाँउमा केही अन्य युवासंग समेत विवाद झै झगडा मात्र नभई अमानविय व्यवहार भएको बताउँछन । स्थानीय तारा भण्डारीले आफ्ना श्रीमान गोपाल भण्डारी उनको मदिरा पसलमा गएका बेला कुर्सी तोड्ने भन्दै कुर्सी मागेको बताईन ।

‘पाल परिवार हाम्रो घरमा आएर कुर्सी तोडेको भन्दै मागे, ‘उनले भनिन, ‘कुर्सी तोड्दा कुर्सी मागे, मानिस मर्दा के दिन्थिस भन्दै धम्क्याए ।’ दुई बर्ष अघि पाल परिवारले स्थानीय गुलाब बोहरालाई बाँधेर घाँस खुवाएर अमानवियताको पराकाष्ठ प्रस्तुत गरेको थिए । गुलाब बोहराले सामुदायिक वनको प्रकरणमा फाईल खोसेको भन्दै आफुलाई बाँधेर घाँस खुवाएको बताए । ‘प्रकास पाल पहिलेदेखि नै केही मान्छेलाई ठिक गर्नुपर्छ भन्दै हिडेका थिए, ‘दुई बर्ष अघि मलाई बाँधेर घाँस खुवायो, भण्डारी जिबाट कुर्सी तिराए, अरु हरुलाईपनि कुटे, आज आएर गणेशको हत्या नै गरिदिए ।’ हत्यारामाथि कार्बाही गर्न प्रहरीले आलटाल गरेको भन्दै मृतक परिवार र स्थानीय गाँउलेहरुले शव बुझन मानेका थिएनन ।
मृतक परिवारले प्रकास पाल सहित उनका घरपरिवारको नाममा ज्यान मुद्दामा किटानी दिएका छन । मृतक बोहराकी आमा मानमतीले प्रकास पाल, हंस पाल, गोमती पाल, लाल ब। बोहरा, मधुपाल सहितका घटनामा सलग्नको नाममा किटानी जाहेरी दर्ता गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले प्रकास पाल सहितका पाँच जना पक्राउ गरि अनुसन्धान भईरहेको बताए । दोषि उपर कार्बाही नभए मृतक परिवार, आफन्त एव गाँउलेहरुले आन्दोलनको चेतावनी दिएका छन । पहुँच र शक्तिको भरमा दोषिलाई उन्मुक्ति दिन नहुने स्थानीयको भनाई छ । लकडाउनका कारण साँझ ६ बजेसम्म मात्रै पसल खुला गर्ने स्थानीय प्रशासनको आदेश बिरुद्धमा मदिरा पसल मध्यरातमसम्म खोलेर नागरिकको हत्या गरिएको भन्दै त्यसमाथि समेत छानबिन गर्न स्थानीयले माग गरेका छन । वनले प्रकास पालको घरबाट समेत अवैध काठ बरामद गरेको थियो ।


ताजा समाचार

spot_img