महेन्द्रनगर : कञ्चनपुर जिल्लामा लागु औषधको जालो यसरी फिजिएको छ की प्रहरीले लागु औषध क्लिनस्वीप नै गर्ने उद्देश्यले लागेको भएता पनि असम्भव जस्तै देखिएको छ । लागु औषध सेवन गर्ने देखि लिएर लागु औषधको बिक्रि वितर गर्ने सम्मका झण्डै डेढ सय युवायुवती प्रहरीले पक्राउ गरी गारागार चलान गरेको छ । प्रहरीले लागु औषधलाई क्लिनस्वीप गर्ने लक्ष्य राखेकोले होला अव त लाागु औषधको कारोबारी गर्नेहरुले कारोबार गर्ने थलो नै परिवर्तन गरेर सरकारी कार्यालय जस्ता ठाँउलाई कारोवारीको थलो बनाएको पाईएको आजको एक घट्नाले पुष्टी गरेको छ ।

लगडाउन भन्दा अगाडिबाट लागु औषधको नियन्त्रणमा लागेको प्रहरीले आज बेतकोट नगरपालिको वडा नं. ९ सुन्दरपुर स्थीत कृषि तालीम केन्द्रको परिसरबाट २ ग्राम ६० मिलिग्राम लागु औषध(ब्राउन सुगर) सहित दुई जना युवाहरुलाई कारोबार गरिरहेकै अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगपालिका–९ सुन्दरपुरका २६ बर्षिय करन धामी र सुन्दरपुरकै २५ बर्षिय गणेश बिष्ट रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी नायव सिद्धराज न्यौपानेले बताए । प्रबक्ता न्यौपानेका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।







