सृजना सहकारीको पशुधन सुरक्षणम कार्यक्रम अन्तर्गत क्षतीपुर्ती रकम हस्तान्तरण


दोधारा :  दोधारा चाँदनीमा सृजना बचत तथा ऋण सहकारी संस्थाद्धारा पशुधन सुरक्षणम कार्यक्रम अन्तर्गत क्षतीपुर्ती बाफत रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ स्थित रहेको सृजना बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रद्धारा संचालित पशुधन सुरक्षणम कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका वडा नं. ८ निवासी निशा सुनारलाई पशुधन सुरक्षणम कार्यक्रम अन्तर्गत क्षतीपुर्ती बाफत रु. ३२ हजार ५ सय रुपिँया हस्तान्तरण गरिएको सृजना बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रले जनाएको छ् ।

हस्तान्तरण कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका संचालक राजेन्द्र मल्ल, पवन बस्नेत लगाएत स्थानियहरुको उपस्थिती रहेको सेवा केन्द्रका प्रमुख राजेन्द्र साँवदले जानकारी दिएका छन् । सेवा केन्द्रद्धारा संचालित पशुधन सुरक्षणम कार्यक्रम अन्तर्गत अझै सम्म ५ जनालाई क्षतीपुर्ती बाफत रकम हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ् ।


ताजा समाचार

spot_img