दोधारा : प्रहरीले दोधारा चाँदनी नगरपालिका –४ झोलुङ्गे पुलबाट अवैध रुपमा आएको र्यालिङ पाइप बरामद गरेको छ । रु. ३५ हजार मूल्य बराबरका पाइप वेवारिसे अवस्थामा भेटिएपछि बरामद गरिएको छ् ।

हिजो भेटिएको वेवारिसे भेटिएका पाइप प्रहरीले गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाएको छ । महाकाली झोलुङ्गे पुलमा जनपद प्रहरी र सशस्त्र प्रहरी टोली तैनाथ छ् ।







