पुनर्वासमा घरको बरण्डाबाट एक मोटरसाइकल चोरी

पुनर्वास – कंचनपुरको पुनर्वासमा मोटरसाइकल चोरी भएको छ । पुनर्वास-६ स्थित साना किसान सहकारी चोक नजिकै आफ्नै घरको बरण्डामा राखेको नयाँ हिरो कम्पनीको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको हो । असार २१ गते मध्यराती हेण्डिल लक गरेको अवस्थामा मोटरसाइकल चोरी भएको सवारी धनी परी थापाले जानकारी दिए ।

मोटरसाइकल चोरी पछि २२ गते बिहान ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा मोटरसाईकल चोरीको विषयमा निवेदन दिएको उनले बताए । कालोमा रातो सेतो रंगको स्टिकर भएको सो मोटरसाईकल किनेको करिब दुई महिना मात्रै पुगेको र स्थायी नम्बर समेत नपरेको मोटरसाइकल धनी थापाले बताए ।

ताजा समाचार