बर्षामापन र जल सतह मापनकर्ताहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण

कञ्चनपुर : मनसुन जन्य विपद्को पूर्व तयारीका लागि बर्षा मापन अबलोकनकर्ता र जल सतह मापनकर्ताहरुलाई बिहीवार व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना बर्षा मापन र जल सतह मापनकर्ताहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो । रेडक्रसका जिल्ला सभापती टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोबिन्द ढाँटले संयुक्त रुपमा व्यक्तिगत सुरक्षा सामग्रीका रुपमा हाते टर्च,गमबुट, हेड टर्च, छाता वितरण गरेका छन ।
व्यक्तिगत सुरक्षा सामग्री संगै बर्षा मापन र जल सतह मापनकर्ताहरुलाई रु एक हजारको रिचार्ज कार्ड समेत उपलव्ध गराईएको छ ।

मनसुन जन्य विपद्का बेला नदीको बहावको अबस्था र बर्षा बारे जिल्ला आपतकालीन केन्द्रमा सुचना प्रवाह गर्नका लागि सहज होस भनेर रिचार्ज कार्ड उपलव्ध गराईएको परियोजनका संयोजक महेश घिमिरेले बताए । उनका अनुसार संभावित जोखिमबाट जोगाउनका लागि बर्षा मापन र जल सतह मापनकर्ताहरुका लागि बीमा समेत गरिएको छ । एशियन लाइफ इन्सुरेन्स संगको साझेदारीमा परियोजना अन्र्तगत ३४ जनाको रु तीन लाखको दुर्घटना बीमा गरिएको छ । पूर्व सूचना प्रणाली विकासका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द(डिओसी)को समन्वयमा बाढी पूर्व तयारीका लागि नदी तथा बर्षा मापनकर्ताहरुको फोन नम्बर (मोवाईल नम्बर) पुनरावलोकन गर्ने कार्य समेत सम्पन्न गरिएको छ ।

ताजा समाचार