कञ्चनपुर: कञ्चनपुर भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किषानहरुलाई विभिन्न जातका घाँसका वोट विरुवा निःशुल्क रुपमा वितरण गरिरहेको छ । जेठको अन्तिम साता देखि वितरण गर्दै आईरहेको घाँसका विरुवाहरु कञ्चनपुर जिल्लाका कृषकहरुले लगिरहेका छन् जस्मा ९५ प्रतिशत भिमदत्तका किषानले लगेका छन् भने ५ प्रतिशत अन्य स्थानिय तहका कृषकहरुले सेवा लिएका छन् ।

विरुवाहरुमा बकाइने, इपिल–इपिल, कनडोला, इन्दु, भटमासे, सुपर लिपीयार, स्माट निपीया र सुम्बा निपीयर जस्ता विभिन्न जातका डाँले घाँस वितरण गरिएको छ । डाले घाँसले घाँसको काम गर्नुको साथै हाँगाहरुले दाउराको समेत काम गर्ने गर्दछ । विज्ञ केन्द्रले अहिले सम्म करीब एकलाख विरुवा वितरण गरेको छ भने अझै पनि किषानहरुलाई वितरण गर्दै आइरहेको छ ।

यसरी घाँस वितरण गर्दा कृषकले सुख्खा समयमा पनि घाँस प्राप्त गर्न सक्ने, जसले गर्दा पशुहरुमा पौष्टीक तत्व प्राप्त हुने, कञ्चनपुर जिल्लामा दुध, मासु उत्पादन बढाउनुको साथै पशु आहारमा उत्पादन बढाउन र आहार व्यवस्थापन गर्ने उद्देश्यले घाँस वितरण गरिएको पशु विकास अधिकृत शंकर जोशीले बताउनु भयो ।

कञ्चनपुरमा १ लाख ६४ हजार ५ सय ५२ हेक्टर क्षेत्रफल रहेको कञ्चनपुर जिल्लामा ५९हजार ५३२ हेक्टर खेती योग्य जमिन रहेको छ भने ५ हजार २ सय ९१ ह्ेक्टर जमिन चरन क्षेत्र रहेको छ बाँकी ८८ हजार १ सय ९९हेक्टर बन जंगल रहेको छ सिचित क्षेत्र १६ हजार २ सय ६६ हेक्टर रहेको छ ।
