कोभिड – १९ बाट निधन भएका विष्टको परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर : कोभिड–१९बाट बैशाख १९ गते निधन भएका नरेन्द्र विष्टको परिवारलाई कञ्चनपुर लगायत देश विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेको छन । कञ्चनपुरका युवाहरुले सञ्चालन गरको ज्वाला क्लबकामा आवद्ध रहेका नरेन्द्र विष्टको परिवारलाई सोही क्लबका आवद्ध साथीहरु र हालको कुरुकुरु ग्रुपले आर्थिक सहयोग गरेको हो । कञ्चनपुरका युवा व्यवसायी तथा सरस्वती पुस्तक भण्डारका सञ्चालक गोकुल बोहराको पहलमा आर्थिक संकलन गरिएको थियो । पवनदुत यातायात प्रा.लि.का कर्मचारी, समाजसेवी तथा मिलनसार नरेन्द्र विष्टको ४४ वर्षको कलिलो उमेरमा कोरोनाको कारण मृत्यु भएको थियो ।

उनको आर्थिक अवस्था कमजोर रहेकोले उनका साथीहरुले केहीहद सम्म पनि सहयोग गर्ने उद्देश्यका साथ सानो सानो रकम जम्मा गरी रु ३ लाख १४ हजार ६ सय ७७ रुपैया विष्टको श्रीमती कौशिला विष्टलाई आज हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग गर्नेमा धर्मराज पाण्डेय, मनोज विष्ट, गोकुुल बोहरा, श्याम पौडेल, विमलेन्द्र भट्ट, हरीश भट्ट, दिपक विष्ट महेश खत्री, भरत कुवँर, शुशिल सिह, रेखा भट्ट, मञ्जु विष्ट, जानु कुवँर, कुन्दन सिह बोहरा, हेमराज जोशी, लता चन्द –गुड्डी) प्रदिप चन्द, राकेश अग्रवाल, रुकमनी भट्ट विष्णु नाथ, भिम भट्ट, मदन पाण्डेय, पार्वती सिहं, राजेश चन्द, राधा कलौनी, संगीता श्रेष्ठ, सुष्मा श्रेष्ठ, एन.बी चन्द, जोनसा शर्मा, शुष्मा लेखक जोशी, रुवी विष्ट रेवेक्षा विष्ट, चुण्डामणी अवस्थी, सुर्दशन भट्ट, बिनिता चन्द, दिपेन्द्र साँउद, दिपक कुँवर, धरम बिष्ट र सुवास कुवँर रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा युवा व्यवसायी गोकुल बोहरा, युवा नेता राजेन्द्र के.सी. सुदूरपश्चिम अपाङ्ग संघका अध्यक्ष उपेन्द्र खडायत लगायत पत्रकार, समाज सेवीहरुको उपस्थिीति रहेको थियो ।

 

ताजा समाचार