बडवालटोलको बादी घरपरिवारको जग्गा छानबिन समिति गठन


दोधारा : बडवाल टोलका बादी घरपरिवारको जग्गाको छानबिन समिति गठन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बादी घरपरिवारको वास्तविक कति जग्गा रहेको र पाउनु पर्ने जग्गा कति हो भन्ने कुरालाई लिएर दोधारा चाँदनी नगरपालिकाले ६ सदस्यीय बादी घरपरिवारको जग्गा छानबिन समिति गठन गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताएका छन् । तत्कालिन माओबादी र सरकार पक्षको द्धन्द्धको बेला ५ बादी घरपरिवारहरु आफु सुरक्षित नभएको भन्दै आफ्नो जग्गा र घर छोडेर जहान परिवार संग भारत पलाएन भएका थिए ।

अहिले आएर सरकारले सुकुम्वासी र घरवारबिहिनहरुलाई जग्गा दिने ंघोषणा संगै उनिहरु फर्केर आफ्नो जग्गा खोज्दै बडवाल टोल पुगेका हुन् । उनिहरु झण्डै ५ महिना अघि मात्र बडवाल टोल पुगेर आफ्नो जग्गा पाउ भन्दै सम्बन्धीत निकायहरुमा हारगुहार गर्दै आएका थिए । बादी घरपरिवारहरुले बिगतका दिनहरुमा आफुले भोगचलन गर्दै आएको जग्गा रहेको दाबी गर्दै आएका छन् । बिगतका दिनहरुमा भोग चलन गरेको जग्गा अहिले आएर नजिकै रहेको गणेश आधारभुत बिद्यालय र केही ब्यक्तीहरुले भोग चलन गर्दै आएको बादीहरुको दाबी रहदै आएको छ् । बादी घरपरिवारको बास्तविक जग्गा छानबिनको लागी दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताएका छन् ।

सदस्यमा दोधारा चा“दनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट, वडा ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, कार्यपालिका सदस्य नन्दलाल सुनार, नगरपालिकाका कर्मचारी आनन्द प्रसाद भट्ट रहेका छन् ।

टोलीले बडवाल टोलको स्थलगत अध्यन गरि प्रतिबेदन दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकमा पेश गर्ने समेत निर्णय भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भत्त बहादुर सुनारले बताए । दोधारा चाँदनी नगरपालिका कार्यालयले उनिहरुलाई सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (बडवाल टोल) नजिक घरबासको लागी जग्गा उपलब्ध गराई बादी घरपरिवारलाई बसाल्दै आएका छन भने उनिहरुलाई नगरपालिकाले खाद्यान्नको ब्यवस्था गर्दै आएको बताईएको छ् ।

 


ताजा समाचार

spot_img