महेन्द्रनगर : विश्वव्यपीरुपमा फैलिएको कोरोनाको दोस्रो लहर समाप्त नहुदै रोजगारीलागि भारत जाने नेपालीको लर्को लागेको छ । केही दलाल यातायात व्यवसायीका कारण रोजगारीको शिलसिलामा भारत जाने नेपालीहरुलाई सुरक्षितरुपमा यात्रा असहज भएको छ । उनीहरु असुरक्षितरुपमा यात्रा गरीरहेका छन । सुरक्षित यात्रा गराउने नाउमा केही दलाल यातायात व्यवसायीहरुले यात्रुहरुलाई ठग्ने गरेको एक यात्रीले बताए । धनगढीस्थित सेती प्लाजा होटेलमा पैसा बुझाएर असार १२ गते भारतको व्यंगलोर सहरकालागि गौरीफन्टाबाट बस चढेका एक नेपालीका अनुसार एसी बसमा सिट मिलाई दिने भन्दै विना टिकट भारतीय चार हजार रुपया लिएर अन्तिममा ननएसी बसमा चढाउने गरेका छन । जनेश्वर जोशीले संचालन गरेको सेती लुम्बीनी टुर एण्ड ट्राभल्सका एजेण्डहरुले आफुहरुलाई नराम्रोसंग फसाएको चार दिनदेखि यात्रारत एक नेपालीले बताए ।
सेती लुम्बीनी टुर एण्ड ट्राभल्सका एजेण्डले आफुहरुलाई ननस्टप तिन दिनमै गौरीफन्टाबाट भारतको व्यंग्लोर पु¥याउने भन्दै चार हजार भारु रुपया लिएर रातीमात्रे गाडि चलाउने गरेको र दिउसो सुत्ने गरेको उनको दावी छ । ३० सिट पास भएको श्रीकुक्के ट्राभल्सको केए ५१–८–३४६६ नंम्बरको बसमा ७४ जना यात्रु हालेको कारण ड्राईभरले दिउसो गाडि चलाउन नमानीरहेको उनले बताए । उनले बालबच्चासहित यात्रागरीरहेका यात्रुहरुलाई धेरै नै सास्ती भएको उनले बताए । ‘युवाहरुलाई त खासै समस्या छैन तर थोरै रुपयाँ लिएर आएका साथीहरुलाई खानको समस्या भईरहेको छ’, उनले भने ‘बालबच्चासहित सपरिवार यात्रामा रहका परिवारलाई भने खान मात्र नभई सुत्नसमेत समस्या भएको छ ।’
बस रोकेको ठाँउमा खान समेत नपाईने गरेको उनले बताए । आफुहरु चढेको बसभन्दा एक दिन पछाडी आएको गाडि हिजो नै ब्यांग्लोर पुगिसेको उनले बताए । ‘हामिहरु चढेको बसभन्दा ँएक दिन पछि आएको बस ब्यांग्लोर पुगिसक्यो ।’, उनले भने ‘यो बस रातीमात्र चलिरहेकोले आजसम्म पनि पुगेका छैनौ ।’ कोरोना लहर आएपछि भारतको ब्यांग्लोरबाट नेपालीहरुलाई सुरक्षित यात्रा गराउने नाउमा यातायात कम्पनीको नेपाली नाउ दिदै नेपालीबाटै नेपालीहरुलाई ठग्ने क्रम सुरु भएको भएता पनि भारतको नयाँ दिल्ली स्थीत राजदुतावासले कुनै चासो दिएको छैन ।






