दोधारा : भारत तर्फ जादै गरेका एक किशोरीको सशस्त्र प्रहरी र माईती नेपालले उद्धार गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) र माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्रबाट भारत जादै गरेको अवस्थामा १७ वर्षिय एक किशोरीलाई उद्धार गरेको हो । उक्त किशोरीका जहान परिवार भारतको हल्दवानी रहदै आएको र हाल ति किशोरी दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा केहि दिन देखि बस्दै आएका थिए । उनलाई भारतको पिलिभितका एक भारतिय नागरिकले बोलाएर ति किशोरी भारत जान लागेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का ईन्चार्ज राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

उनलाई गएराती दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत खुला सिमा पार गर्दै गर्दा सशस्त्र प्रहरी र माईती नेपालले रोकेको बताईएको छ् । उनलाई सशस्त्र प्रहरी, बाबाथान चौकीका ईन्जार्ज कृष्ण राज भट्ट र माईती नेपालका एक टोलीले किशोरीलाई आफन्तको जिम्मा लगाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । ‘उद्धार गरिएको युवतीलाई आफन्तको जिम्मा लगाईएको छ्’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराका अनुसारका अनुसार लकडाउनको मौका छोपी मानव तस्करहरुले दोधारा चाँदनी संग जोडिएको नेपाल–भारत खुला सिमाबाट मानव तस्कर गर्ने भएको हुदा सिमा क्षेत्रमा कडाई गर्दै आएका बताएका छन् । ‘लकडाउनको मौका छोपेर मानव तस्करहरुको चहलपहल बढ्न सक्ने भएको हुदा दोधारा चाँदनी संग जोडिएको खुला सिमा क्षेत्रमा कडाईका साथ निगरानी गर्दै आएका छौं’ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले भने । यस्तै आज अबेर साँझ बुढागंगा नगरपालिका वडा नं. ३ बाजुरा घर भएका १४ वर्षिय एक किशोरीलाई महाकाली झोलुङ्गे पुलबाट भारत जादै गरेको अवस्थामा नेपाल प्रहरी र माईती नेपाल कञ्चनपुरले उद्धार गरेको छ् । उनलाई दिनेश नेपाली र दिनेशका आमा भनिएका जमुना नेपालीले भारतमा काम लगाई दिने भन्दै दोधारा चा“दनी नगरपालिकाको नेपाल–भारत खुला सिमाबाट भारत लग्न लागेको अवस्थामा महाकाली झोलुङ्गे पुल प्रहरी र माईती नेपालले किशोरीलाई उद्धार गरेको हो । किशोरीलाई फकाई फुलाई गरि भारत लैजाने क्रममा नेपाल प्रहरी र माईती नेपाल कञ्चनपुरले उद्धार गरिएको बताईएको छ् । लकडाउनको मौका छोपी मानव तस्करहरु सक्रिय रहदै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । कञ्चनपुरको गड्डाचौकीमा सुरक्षा ब्यवस्था कडा भएको कारण मानव तस्करहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमाको प्रयोग गर्दै मानव तस्करी गर्दै आएका छन् ।







