लागुऔषध सेवनकर्ताको डरलाग्दो जालो : लागुऔषधको जालो तोड्दै प्रहरी

दोधारा : दोधारा चाँदनीको बिद्यालयमा सामुदायिक बन नजिक अन्ताजी १७ वर्षिय उमेश थापा (नाउ परिवर्तन गरिएको) झुक्रेको अवस्थामा एक युवक दखिए । उनको शरिरको कपडा खासै राम्रो थिए । आँखा रातो रातो थियो । बोल्दा निकै अल्छि मान्दै बौल्दै थिए । उनको आँखा स्थिर थिएन् । उनले भारतको खटिमा बजारबाट टिपेक्स खरिद गरि ल्याएको बताए । बाटोमा आउदै गर्दा टिपेक्स प्रयोग गरेर उनि झुक्रेको बताए । उनको ओठ मुख पनि सुकेको जस्तो लाग्थ्यो । उनले आफ्नो खल्तीमा ४ वटा टिपेक्स राखेका थिए । उमेश थापा संग कुराकानीमा उनि बिगत २ वर्ष देखी टिपेक्स तथा मदिरा सेवन गर्दै आएको बताए ।

‘टिपेक्स सुध्ने र मदिरा सेवन नगरे राम्रै लाग्दैन’ उनले भने । खरिद गरिल्याएको टिपेक्स साथीहरु संग मिलेर प्रयोग गर्ने उनले बताए । सधै उनको घरको नजिकमा रहेको मदिरा पसलबाट ‘लिची’ दुई क्वाटर पिएन भने निन्द्रा अनाउने उनले बताए । उनि टिपेक्स र मदिरामा मस्त रहदै आएका छन् । उमेश थापा एक उदाहरण पात्र मात्रै हुन । ति भन्दा कडा खाले लागुऔषध सेवन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिदै आएको छ् । केही दिन देखि दोधारा चाँदनी नगरपालिकामा ब्राउन सुगर सहित केही युवाहरुलाई पक्राउ गर्दै आएको छ् । नेपाल प्रहरी लागुऔषध नियन्त्रण तथा रोकथाममा निकै सकारात्मक भुमिका निर्वाह गर्दै आएको छ् ।

आज पनि महाकाली झोलुङ्गे पुलमा म १ प ८२३५ नम्वरको मोटरसाईलकमा सवार जिल्ला कञ्चनपुर भिनपा– ६ ऐठपुर बस्ने वर्ष २४ को प्रबिन सिंहलाई ०.६०० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिएको छ् । बिगत केही दिन देखि नेपाल प्रहरीले लागुऔषध नियन्त्रणमा गदैृ आएको अभियान निकै सकारात्मक कार्य रहेको स्थानियहरुले बताउदै आएका छन् । दोधारा चा“दनीमा समेत थुप्रै युवाहरु कुलतमा फस्दै आएको प्रहरीले पक्राउ गर्दै गरेको तथ्यांकले बताएको छ् । यो सामाजको लागी निकै घातक बिषय हो । समयमै लागु औषध सेवनकर्तामा कमी ल्याउन सकिएन भने ठुलो समस्याकारुपमा देखिने स्थानिय शिक्षक राजिव खड्का बताउछन् । समयमा यसलाई नियन्त्रण गर्न नसके समाजले ठुलो क्षती ब्यहोर्नु पर्ने स्थानिय शिक्षक राजिव खड्का बताउछन् ।

दोधारा चाँदनीमा कडा खाले लागु औषध सेवनको संख्याको बृद्धि भएको पाईएको छ् । अधिकतम २० वर्ष सम्मका उमेर समुहका युवाहरु लागु औषधको अमली छन् । नगरपालिकाको नेपाल–भारत खुला सिमानाकाबाट अमली युवाहरुको जमातले भारतीय सीमावर्ती बजारबाट सीमा नाका हुदैं दोधारा चाँदनीमा लागुऔषध औसार भित्र्याउने गरेको बताईएको छ् । ल्याईएका लागु औषधलाई साथीहरुमा बिक्रि तथा आफै सेवन गर्ने गरेका छन् । उनिहरुले दोधारा चाँदनी नगरपालिकाको एकान्त स्थान, सामुदायिक बन तथा महाकाली नदी जगबुडा नदी, सार्वजनिक स्थानहरुमा लागु औषध सेवनको थलो बनाउदै आएको स्थानियहरु बताउछन् । उनिहरुले सिमावर्ती भारतिय बजार नगरा, मेलाघाट, खटिमा, बनबासा तथा बंगाली कलोनी लगाएत बजारबाट लागु औषध खरिद गर्ने गरेको बताईन्छ् । दोधारा चाँदनीको चौक, चौराहा, मठ मन्दिर, हाट बजार, सुनसान सार्वजनिक स्थल लगाएतका स्थानहरु लागु औषध दुव्र्यसनी युवाहरुको सेवनको रोजाईमा पर्ने स्थानहरु रहेको स्थानीयबासिन्दाहरु बताउछन् ।

दुई सय भन्दा बढी युवाहरु लागु औषधको अमली रहेको अनुमान गरिन्छ । कतीको संख्यामा लागु औषधको अमली छन, भन्ने सही तथ्यांक भने कसै संग छैन् । स्कूलले बालकहरु लागु औषधका अमली बनेका स्थानियहरु बताउछन् । दुव्र्यसनिमा परेका युवाहरुको संगतले गर्दा बालकहरु दुव्र्यसनीमा परेको हुन् । नगर क्षेत्रमा स्कुले किशोरी तथा किशोरीहरु बढी लागु औषध प्रयोग गर्दै आएको स्थानियबासी धनसरा नाथ बताउछन् । उनका अनुसार कक्षा ६ देखीका बिद्यार्थीहरु कुलतमा फस्दै आएका छन् । पछिल्लो समय देखिएको लागु औषधको डर लाग्दो रुपले समाजमा नकारात्मक असर परेको स्थानियबासी धनसरा नाथले चिन्ता जाहेर गरे ।

पढ्दा–पढ्दै स्कूल छाड्ने बिशेष गरेर बिद्यार्थीहरु दुव्र्यसनीमा फस्ने गरेको उनले बताए । ‘लागु औषध दुव्र्यसनीको डर लाग्दो रुप छ,’ उनले भने, ‘अभिभावक, स्कूल परिवार, नगरपालिका, प्रहरी–प्रशासन यस प्रति बिशेष ध्यान दिएर दुव्र्यसनी न्युनिकरणको तिर लाग्नु पर्छ ।’ स्थानियबासी धनसरा नाथले भने । बेरोजगारीले बराली हिड्ने युवा पुस्ता लागु औषधको दुव्र्यसनीमा फसेको उनको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजालीले युवा पुस्ता लागु औषधको अमली बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,– ‘युवा विना देशको विकास असम्भ छ । त्यसैले सबैले यसमा गम्भिर बन्न जरुरी छ ।’ नगर प्रबक्ता सिजालीले युवाहरु लक्षित गर्दै खेल तथा रोजगार मुलक कार्यक्रम संचालन गरेर कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउने प्रयास भईरहेको बताए ।

युवाहरुलाई लक्षित गर्दै नगरपालिकाले बिभिन्न खेल तथा तालिमहरु संचालन गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । आगामी दिनहरुमा लागु औषधको अमली बिशेष कार्यक्रम संचालन गर्ने समेत प्रबक्ता सिजालीको भनाई रहेको छ् । १६ देखी २९ बर्षका युवा समुह गम्भिर कुलत ट्याबलेट, गाँजा, भाँग, टिपेक्स, सुलोचन, कोरेक्स जस्ता लागु औषध दुव्र्यसनीमा फसेका छन् ।

ताजा समाचार

spot_img