कञ्चनपुरमा राष्ट्रिय बृक्षारोपण दिवसमा मन्त्री सासंद देखि कर्मचारीले बृक्षारोपण गरे

कञ्चनपुर : राष्ट्रिय बृक्षारोपण दिवसमा कञ्चनपुरमा प्रदेशका मन्त्री सासंद देखि वनका कर्मचारीले बृक्षारोपण गरेका छन । सोमबार डिभिजन वन कार्यालयले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा आयोजना गरेको राष्ट्रिय बृक्षारोपण कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य एव वन कार्यालयका कर्मचारीले बृक्षारोपण गरेका हुन ।

पूनर्वास नगरपालिका ११ स्थित सिद्धदेवी र भीम सामुदायिक वनमा लोपोन्मुख प्रजातिका बिरुवा रोपेका हुन । प्रमुख अतिथि समेत रहेका उद्योग पर्यटन वन तथा वातारण मन्त्री मान बहादुर धामी(सन्तोष)ले पर्यावरण सन्तुलन एव आर्थिक सम्बृद्धिका लागि वन क्षेत्र संरक्षणमा जोडदिए । कार्यक्रममा मन्त्री धामी सहित प्रदेश सभा सदस्यद्वय महेश दत्त जोशी, तारालामा तामाङ्ग, मन्त्रालयका वन सचिव यज्ञनाथ ढकाल, वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय कञ्चनपुरका वन कर्मचारी, जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img