पुनर्वास – पुनर्वासमा सक्रिय नेपाली काङ्ग्रेसका दुई युवा नेताले बेलौरीको कालिका मन्दिर निर्माणमा आर्थिक सहयोग गरेका छन् । आइतबार बेलौरीमा पर्ने कालिका मन्दिर निर्माण स्थलमै पुगी नेपाली काँग्रेस ट्रेड युनियन पुनर्वास नगर सभापति दाउत तामाङ र नगर सदस्य खगेन्द्र ओझाले मन्दिर निर्माण समितिलाई आर्थिक सहयोग गरेका हुन् । विभिन्न सामाजिक कार्य गर्दै छोटो समयमै धेरै चर्चामा उभिएका तामाङ अहिलेका प्रदेश १ `क´का कार्यवाहक सभापति पनि हुन् । नेता तामाङ र ओझा दुवैले नगद ५ हजार एक सयका दरले सहयोग गर्दै आफ्नो सानो सहयोगले मन्दिर निर्माणकार्यलाई केही राहत पुग्ने महशुस गरेको बताए । उनीहरुले आगामी दिनमा पनि यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सहयोगका लागि अग्रसर रहने बताए । तामाङ पेशाले निर्माण व्यवसायी हुन भने ओझा एक निजि बिधालयका संस्थापक हुन ।

