वेवारीसे अवस्थामा रहेका अबैध माछा, कुखूरा, अखाद्य पेय पदार्थ नष्ट


कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेवारीसे अवस्थामा रहेका माछा, बोईलर कुखरा र अखाद्य पदार्थ बरामद गरेको छ । आइतबार बेदकोट नगरपालिकाको वडा नं. ४ शान्तिपुर स्थित अन्दाजी मुल्य रु. ४५ हजार १ सय १० बराबरको माछा, बोईलर कुखुरा र अखाद्य पेय पदार्थ फेला परेको हो ।

आजै बरामद गरेको समान उद्योग बाणिज्य संघका अध्यक्ष, पशु क्वारेनटाईन बेलौरीका प्रतिनिधि, समाजसेबि, बुद्धिजिबी, स्थानियहरुको रोहोबरमा उक्त अबैध मालसमान नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए ।


ताजा समाचार

spot_img