थाहा छ हिंसा हो है, मारकाट खुनखराबा
अहो कस्तो निर्दयी मनुष्य हौ तिमी,
पशुको बली चढाइ,भन्छौ जय सिद्यनाथ बाबा।
हे मनुष्य गर्छो हिंसा भगवानको नाममा,
एकपटक सोच हे बुद्यिजीवी त्यो भगवान पनि दुःखी हुने
होला तिम्रो यो काममा ।
अहिंसाको मार्गमा लगाउने त्यो भगवान रगत र मासु किन खाला ।
गर्छौ नि पुजाआजा त्यो भगवानको हे मनुष्य
सोच एक पटक हिंसा गरे त्यो सब व्यर्थ जाला ।
डःर हे मनुष्य लाग्ला है ति बेजुवान पशुको पाप
व्यापार गर्छौ मारेर ति नर्दोष प्राणीलाई मात्रै
कमाउन केही क्षणिक लाभ ।
सम्झी हैन यो संस्कृति हो या कुरुती
आफुलाई परिवर्तन अहिल्यैबाट गर है
न तोक कुनै मिति
तिमी नै हौ यी बेजुवान प्राणीका रक्षक,
तिमी आफ्ना कर्तव्य बिर्सिरहेका छौ है मनुष्य
किन बनेका हौ यिनका भक्षक ?
रक्षक हौ तिमी गर इन्को रक्षा ,भगवानले तिमीलाई धर्तीमा पठाउदा
गरेका थिए यही अपेक्षा
यदि लागु गर्छौ यो कुरा होशीयारी पुर्वक सम्झीकन
खुसी हुन्छन ति भगवान,खुसी हुन्छ तिनको मन ।
अब हैन चढाउने रगत ती भगवानलाई
बरु चढाउला पवित्र जल
अब हैन चढाउने मासु
बरु सबै मिली चढाउला नरीवल ।
त्याग हिंसा अत्याचार गर्न,नराख है शेष,
व्ोद,कुरान ,पुराण,भागवत,गीता र बाइबल जस्ता
प्वित्र ग्रन्थहरुको अहिंसा नै हो मुल संदेश ।
बेजुवान प्राणीहरुको सेवा गर्नु,रक्षा गर्नु काम हो मानवको
तिमी भगवानका अंश हौ हे मनुष्य, किन गर्छौ काम दानवको ।
सम्झ शाकाहार नै हो मानवको आहार
धर्ती नै स्वर्ग बन्नेछ ,यदि आए मानवको मनमा यो विचार
बेजुवान प्राणी प्रति मानव कर्तव्य बोध भयो होला
समय हैन यो अब नगर शोक
आओ तिमी हामी मिली बनाऔँ यो धर्तीलाई इश्वरको लोक
०००


सतिश सिंह (पुर्व विद्यार्थी)
: प्रकाश मेमोरियल पब्लिक स्कुल,वनगाँउ
हाल : महेश्वर मा.वि. सुकासाल– १०
मोबाइल नम्बर स् ९८१०७९०१४१







