दोधारा : लागूऔषधको रुपमा प्रयोग हुने गाँजाको बोट प्रहरीले नष्ट गर्ने कार्य अघि बढाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको एक टोलीले दोधारा चाँदनी नगरपालिकाको निमार्णधिन भवन तथा मुल सडक खण्ड छेउछाउमा उम्रेका गाँजाको बोट नष्ट गर्ने कार्य गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीको कमाण्डमा रहेको टोलीले दोधारा चाँदनी नगरपालिकाको निमार्णधिन भवन तथा मुल सडक खण्ड छेउछाउमा उम्रेका गाँजाका बोट नष्ट गर्ने कार्य गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आधारिक फेसबुक पेजमा उल्लेख गरिएको छ् । ईलाका प्रहरी कार्यालयले लागु औषध ओसार पसार नियन्त्रणका लागी दोधारा चाँदनीमा खरो उत्रिदै आएको स्थानियहरुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको निमार्णधिन भवन तथा मुल सडक खण्ड छेउछाउमा उम्रेका ४ हजार गाँजाका बोट नष्ट गरिएको बताईएको छ् । प्रहरीले स्थानिय तथा संघ संस्था संग समन्वय गरि लागु औषध असार पसार नियन्त्रणका लागी बिभिन्न कार्यक्रम गर्ने बताईएको छ् । गाँजाको बोट नष्ट गर्ने कार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, शान्ती पुर्नस्थापना केन्द्रका प्रतिनिधी तथा प्रहरी जवानको उपस्थिती रहेको थियो ।







