अनिदोमा बडवाल टोल


‘सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् । जंगली जनावर नियन्त्रणका लागी तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्यक्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको भनाई रहेको छ । निकुञ्जले बिगतका दिनहरुमा बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि जंगली हात्ती लगाएतका जंगली जनावारहरु बस्तीमा बस्ने क्रम बढेको हो ।’
दोधारा : छिप्पिदो साँझ । हातमा टर्चलाइट र लौरो लिएर घरवरीपरी घुम्छन् बडवाल टोलका स्थानियहरु । खुट्टामा गमबुट । साँझको खाना खाने बित्तिकै स्थानियहरुलाई हतार हुन्छ, घर नजिक रहेको जंगलबाट हात्ती आउछ कि भनेर । स्थानियबासी लक्ष्मी राना क्षेत्री रातीको समयमा सानो आवाज सुन्यो कि होहल्ला गर्दै जान्छन् । उनको रात यसरी नै कट्छ, अचेल पनि । घर नजिक भारतिय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, माहाकाली नगरपालिका वडा नं. ३ बडवाल टोलबासी त्रसित छन् । भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास छाएको छ । दोधारा चाँदनी नगरपालिकाका भारत संग जोडिएका सिमा बस्ती बडवाल टोलमा ५/६ दिन देखि रातीको समयमा ७/८ वटा जंगली हात्तीको बथानले किसानहरुको मकैवाली खाएर सताउन थालेको छ् । बडवाल टोलमा बिगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्धन्द्ध सुरु भईरहेको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी नगरपालिका संग जोडिएको नगरपालिका हो । बिगतमा दोधारा चाँदनी नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ् ।

मध्यवर्ती क्षेत्रका बासिन्दालाई बन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट खासै लाभ नपुगेको पीडितको भनाई छ । २०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दुई दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् । स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् । स्थानीय लक्ष्मी राना क्षेत्री भन्छन् ‘बडवाल टोलमा जंगली हात्तीको आक्रमण त्रास संगै खेतीपाती नोक्सानी रोकिएको छैन् ।’ उनका अनुसार गएराती हात्तीको बथान बस्तीमा भित्रिदा बस्तीको स्थानियहरु रातभरी सुत्न नपाएको बताए । ‘रातभरी मकै वाली बथानमा आएको हात्तीले सखाप गर्दै आएको छ्’ लक्ष्मी राना क्षेत्रीले भनिन् । स्थानियबासीको अनुसार गएराती बडवाल टोलका गोल्म सुनार, गणेश साँउद, बिर भण्डारी, लक्ष्मी राना, बुद्धिसरा कामी, गिता सिंह ठकुरी लगाएत एक दर्जन स्थानिय किसानहरुको मकै तथा चरी हात्तीले खाएर/उधनेर नष्ट गरेको छ् । हात्ती बस्तीमा पसेर खेतीवाली खान थालेपछि स्थानियहरुमा ज्यान जोगाउन हम्मे–हम्मे परेको स्थानियबासी बिर भण्डारीले बताएका छन् । ‘झण्डै एक साता देखि हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि रातभरी सुत्न पाएका छैनौं’ बिर भण्डारीले भने । भारतिय जंगल संग जाडिएको बस्ती बडवाल टोलमा जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने उनिहरुमा बाध्यता रहेको छ् । ‘अरु काम छाडेर रातीको समयमा जंगली हात्तीबाट कसरी बाच्ने भन्ने उपाय खोज्नु परेको छ्’ बिर भण्डारीले भने ।

सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् । जंगली जनावर नियन्त्रणका लागी तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधिले समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्यक्रममा बर्सेनी ठूलो रकम खर्च भए पनि उपलब्धि न्यून हुदा स्थानीय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको भनाई रहेको छ । निकुञ्जले बिगतका दिनहरुमा बडवाल टोलमा गरेको बिद्युतीय तारवार प्रभावहिन अर्थात काम नलाग्ने भएपछि जंगली हात्ती लगाएतका जंगली जनावारहरु बस्तीमा बस्ने क्रम बढेको हो ।

बिद्युतीय तारवार नभएर प्रभावहिन बनेका बडवाल टोलका स्थानीयहरु जंगली जनावरबाट नराम्रो संग प्रभावित बन्दै आएका हुन् । हात्तीले बस्तीमा पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो रहदै आएको छ् । जंगली हात्तीले मध्यरातमा बस्तीमा पसेर खेती खान थालेपछि स्थानियहरुले खेतवारीको बिभिन्न स्थानमा आगो बालेर खुर्सानीका धुवा बनाउन समेत गर्ने गर्छन् । नजिकै रहेको भारतिय जंगलबाट बडवाल टोल बस्तीमा पस्ने हात्तीको बथानबाट खेती जोगाउन स्थानियहरुले बिभिन्न जुक्ती समेत अपनाएका छन् । यस अघि आगोको धुनी बाल्ने, थाली बजाउने तथा सायरन बजाउने गर्दै आएका थिए । ‘सुरु सुरुमा आगो, थाली र सायरन बजाएर भाग्ने हात्ती अहिले आएर नभाग्ने भएको छ्’ उनिहरु भन्छन् ।


ताजा समाचार

spot_img