सानिमा लाईफ इन्स्योरेन्सले एकदिन मै दियो मृर्त्यु दाबी भुक्तानी


महेन्द्रनगर : सानिमा लाईफ इन्स्योरेन्सले मृत्यका परिवारले कागजपत्र दिएको दिनमै तेह्र लाख अठाउन्न हजार पाँच सय रुपैया मिर्त्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले आज दाबी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले भिमदत नगरपालिका ०६ का स्व. सरस्वती कार्की का श्रीमान प्रेम सिंह कार्की ले भुक्तानी वापतको १३ लाख ५८ हजार पाँच शय प्रदान गरेको हो ।

शुक्रबार प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती अध्यक्षतामा कार्यक्रम गरी कार्कीका श्रीमान्लाई रकम हस्तान्तरण गरिएको थियो । महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी , सीएसई नन्द राज बिष्ट सहित वरिष्ठ एजेन्सी मेनेजरहरु राजेन्द्र बहादुर बिष्ट, अम्बा दत्त जोशी , धनेश्वोरि बोकटि, र बिरेन्द्र सिंह बोहरा, एजेन्सी मेनेजर द्रोपति, हल्दार अभिकर्ता हिमाल जोशी र मिर्तका छोराहरु आशिष कार्की, अर्पण कार्की लगायतकोे सहभागीता रहेको थिए ।

कार्यक्रममा स्व. कार्की प्रति श्रद्धाञ्जली व्यक्त गर्दैै परिवारजनलाई समवेदना समेत प्रदान गरिएको छ कोरोना भएर मृत्यु भएकी कार्कीको २०७७ असार ३१ मा तेह्र लाखको बीमा गरेको थियो । कार्किले हालसम्म एक किस्ता वापतको १ लाख ६ हजार ७ सय ११ कम्पनीमा जम्मा गरेका थिए । कार्कीको २०७८ जेठ १३ मा मृत्यु भएको थियो ।


ताजा समाचार

spot_img