माईती नेपालद्धारा दोधारा चाँदनीमा फ्रन्टलाईनमा काम गर्ने महिला सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री


दोधारा : मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध क्रियाशिल संस्था माईती नेपालले दोधारा चाँदनीमा कारोना संक्रमणमा फ्रन्टलाईनमा काम गर्दै आएका महिला सशस्त्र प्रहरी जवानलाई स्वास्थ्य सामग्री बितरण गरेको छ् । आज सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) मा दोधारा चाँदनी नगर क्षेत्रमा कार्यरत महिला सशस्त्र प्रहरीलाई मास्क, सेनिटाईजर, सेनेटरी प्याड लगाएत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ बैलबन्द र वडा नं. ३ देबिस्थानको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टमा कार्यरत ८ जना महिला सशस्त्र प्रहरी जवानलाई मास्क, सेनिटाईजर, सेनेटरी प्याड लगाएत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

कोभिड–१९ को दोस्रो लहरले आक्रान्त भएको अवस्थामा महिला सशस्त्र प्रहरी जवानको स्वास्थ्यको ख्याल राख्दै उक्त स्वास्थ्य सामग्री बितरण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई रहेको छ् । हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहरा, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, माईती नेपाल कञ्चनपुरका मथुरा कुँवर, गिता डगौरा, लक्ष्मी कुमारी थापा, सिता क्षेत्री लगाएत सशस्त्र प्रहरी जवानहरुको उपस्थित रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले माईती नेपालले दोधारा चाँदनी नगर क्षेत्रमा निकै राम्रो उपस्थिती रहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका नेपाल–भारत संग जोडिएको झण्डै ३५ किलोमिटर खुला सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसारको उच्च जोखिम रहदै आएकोमा माईती नेपाल कञ्चनपुरले सिमा क्षेत्रमा कसिलो उपस्थित राख्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिका संग समन्वय गर्दै माईती नेपाल कञ्चनपुरले बिभिन्न मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध कार्य गर्दै आएका बताएका छन् ।

माईती नेपालले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सिमामा निगरानी राखी महिला तथा बालबालिकाहरुलाई परामर्श दिनुको साथै गाँउ बस्तीमा जनचेतनाका कार्यक्रम समेत गर्दै आएको उनको भनाई रहेको छ् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुरको राम्रो उपस्थिती रहदै आएको माईती नेपाल कञ्चनपुरको लागी भवन निमार्ण गर्न जग्गा उपलब्ध गराउने नगरपालिका कार्यालय सुरसारमा छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । बिगतका वर्ष देखि माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल स्थित सुचना तथा परामर्श केन्द्र स्थापना गरि परामर्श सेवा संचालन गर्दै आएको हो । दोधारा चँदनी नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार विरुद्ध अभियान गर्दै आएको माईती नेपालले सिमा क्षेत्रमा हुने मानव तस्करी र महिला हिंसाको बिरुद्धमा प्रखर देखिदै आएको स्थानियहरुको भनाई रहेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) मा प्रहरी निरिक्षक कृष्ण बोहराले बिगतका दिनहरु देखि माईती नेपाल संग समन्वय गरि कार्य गर्दै आएको बताउदै आगामी दिनहरुमा अझ सशक्त ढंगबाट सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध माईती नेपाल संग थप समन्वय गरि अघि बढ्दै जाने प्रतिबद्धता जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा रहेका महिला सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेकोमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) मा प्रहरी निरिक्षक कृष्ण बोहराले माईती नेपाल कञ्चनपुर लगाएत टिमलाई धन्यबाद दिएका छन् । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।


ताजा समाचार

spot_img