झाँगिदै गएको लागु औषध कारोवारको जालोलाई तोड्न दोधारा चाँदनीमा सशस्त्र प्रहरीको जनचेतना अभियान


दोधारा : झाँगिदै गएको लागु औषध कारोवारको जालोलाई तोड्न दोधारा चाँदनीको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीले जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बलको केन्द्रिय कार्यालयको कार्यक्रम अनुसार दोधारा चाँदनीको वडा नं. १ को गडिगोठ र वडा नं. ८ सुन्दरनगर क्षेत्रमा लागु औषध नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रम अघि बढाईएको सशस्त्र प्रहरीले जनाएको छ् । सिमा क्षेत्रमा बसोबास गर्ने स्थानिय, संघ–संस्था तथा सिमा क्षेत्रमा रहेको भारतिय सुरक्षाकर्मीहरु संग लागु औषध नियन्त्रणको लागी बैठक तथा छलफल अघि बढाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ गडीगोठको नेपाल–भारत सिमाको दशगजा क्षेत्रमा भएको लागु औषध नियन्त्रणको लागी बैठक तथा छलफलमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहरा, भारतिय सिमा सुरक्षा बल (एसएसबी) धनुषपुलका कम्पनी कमाण्डर योगेश यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (बैलबन्द) का प्रहरी निरिक्षक हरि बहादुर बस्नेत, दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा सदस्य पार्वती भट्ट लगाएत संघ–संस्थाका प्रतिनिधीहरु रहेका थिए । सिमा क्षेत्रमा लागु औषध ओसारपसार कसरी रोक्न सकिन्छ भन्ने बिषयमा दुई देशका सुरक्षा अधिकारी, जनप्रतिनिधी, संघ–संस्था तथा स्थानियहरुले छलफल गरेका थिए । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा लागु औषध कारोवार रोक्न सबैले प्रतिबद्धता समेत जाहेर गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले बताएका छन् ।

यस्तै आजकै दिनमा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दर नगरको सिमा क्षेत्रमा लागु औषध कारोवार नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) का सई दान सिंह बिष्टले जनाएका छन् । सुन्दरनगरमा संचालन भएको लागु औषध कारोवार नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रममा भारतिय सिमा सुरक्षा बल (एसएसबी) सुन्दरनगरका असई नारायण सिंह, उत्तराखण्ड भारत झनकैया थानाका असई प्रताप सिंह मेहरा, दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियाकवर) का सई दान सिंह बिष्ट, बाबाथान चौकीका ईन्चार्ज कृष्ण राज भट्ट लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । लागु औषध कारोवार नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रम तथा बैठकले सिमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधी नियन्त्रण संगै साना हतियारको ओसार–पसार, लागु औषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने बिश्वास गरिएको छ् ।

लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको पुर्व सन्ध्यामा ‘लागु औषध रहित परिवार, स्वास्थ्य जिवनको आधार’ नारा सहित दोधारा चा“दनी नगरपालिका संग गासिएको नेपाल–भारत सिमा क्षेत्रमा बैठक, छलफल लगाएत जनचेतनामुलक कार्यक्रम आज देखि ३ दिन सम्म संचालन गरेको सशस्त्र प्रहरीले बताएको छ् । नेपाललाई समेत लागु औषधको कारोवारकर्ताहरुले लागु औषधको अन्तराष्ट्रिय कारोवारमा ट्रान्जिट राष्ट्रको रुपमा उपयोग गर्दै आएको पाईन्छ् । ट्रान्जिट मुलुकको रुपमा प्रयोग हुने भएतापनि मुलुक भित्रै पनि लागु औषधको विक्री, वितरण, ओसार पसार लगाएतका कारोवारहरु हुने गरेको छ् । खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । सुचना प्रविधिको बिकास र बिश्वब्यापिकरणको प्रभाबले लागु औषधको प्रयोग र नियन्त्रणमा पनि असर गरेको छ् । यसको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्छ । प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउछ् । सामाजिक संस्कार बिगार्ने, अपराध बढ्ने, दक्ष जनशक्ति कुलतमा फस्ने, अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, देश विकास पछाडि धकेल्ने जस्ता समस्याहरु लागु औषधद्धारा सृजित जटिल सामाजिक समस्या हुन् । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिई यसको नियन्त्रणका सबैको एक्कबद्धता हुनु पर्नेमा कार्यक्रममा जोड दिईएको छ् ।


ताजा समाचार

spot_img