फोरवार्डले दियो प्रहरीलाई स्वास्थ्य सामग्री र कोरोना संक्रमितहरुलाई पोषिलो खाना


दोधारा : दोधारा चाँदनीमा रहेको फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रहरी र कारोना संक्रमित भएर होमक्वारेन्टाईनमा रहेकाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामग्री बितरण गरेको छ । फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरीलाई १७ थान सर्जिकल मास्क र ५ लिटर सेनिटाईजर हस्तान्तरण गरेको फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीका शाखा प्रबन्धक पुरन चौधरीले बताएका छन् ।

No description available.

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाईरस (कोभिड १९) विरुद्ध प्रतिकारात्मक कार्य गर्नका लागि दोधारा चाँदनी नगरपालिकामा अग्रपंक्तिमा रहेर सर्वसाधारणको जीउ धन, शान्ति, सुरक्षाको लागि अहोरात्र खटिने नेपाल प्रहरीलाई संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाका प्रमुख फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीका शाखा प्रबन्धक पुरन चौधरीले आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षकलाई भरत राज गिरीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीका शाखा प्रबन्धक पुरन चौधरी, संस्थाका कनिष्ठ सहायक अर्जुन मगर तथा संस्थाका जानकी कुमारी भट्ट रहेका थिए । यस्तै फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनी संग आबद्ध भएका र अहिले आएर कोरोना संक्रमित भएर होमक्वारेन्टाईनमा रहेका आफ्ना सदस्यहरुलाई कुखुराको अण्डा, हर्लिक्स, फलफुल र स्वास्थ्य सामग्री बितरण गरिएको फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक पुरन चौधरीले बताएका छन् ।

फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीमा आबद्ध आफ्नो बिभिन्न वडाका ८ जना कोरोना संक्रमित भएर होमक्वारेन्टाईनमा बसेका सदस्यहरुलाई कुखुराको अण्डा, हर्लिक्स, फलफुल र स्वास्थ्य सामग्री बितरण गरिएको शाखा प्रबन्धक पुरन चौधरीले बताएका छन् । संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताएको छ् । वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वास समेत लिईएको छ् । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने फोरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड दोधारा चाँदनीले जनाएको छ् ।


ताजा समाचार

spot_img