कञ्चनपुर ,

विश्वव्यापी रुपमा फैलिएको महामारी ” कोभिड-१९ ” कोरोना भाइरस लाई रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ ।

मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमबारदेखि जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहनेछन् ।

अत्यावश्यक सेवाका पसल दैनिक बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न पाइनेछ ।
सभा सम्मेलन, गोष्ठी एवंम् भीडभाड हुने स्थान खोल्न भने पाइने छैन । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह ब्रतबन्ध जस्ता साँस्कृतिक कार्य भने गर्न पाइने आदेशमा उल्लेख छ । यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :







